चितवन । चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियर शो बिहिबार चितवनमा गरिएको छ । शो को अवसर पारेर तीनजना व्यक्तिहरुलाई सम्मानित गरिएको छ । लक्की मिडीया हाउस , चितवनले शिक्षा, स्वास्थ्य र व्यवसायी विधाका गरी तीन जनालाई सम्मानित गरेको हो । सम्मानित हुनेहरुमा
सम्मानित हुनेहरुर्मा भरतपुर सामुदायिक अस्पतालका बरिष्ठ फिजिसियन डा. महेन्द्र कुमार अग्रहरी, ग्रीनल्याण्ड पब्लिक स्कूलका सह–प्राचार्य उपेन्द्र आचार्य र दाजुभाई मोटरसाईकल रिकण्डिसन एण्ड वर्कशपका सञ्चालक दिपेश खड्का रहेका छन । सम्मानित व्यक्तिहरुलाई प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अतिथिहरुले खादा ओढाएर, प्रशंसा पत्रसहित सम्मान गरिएको थियो ।
रिलिजको पूर्वसन्ध्यामा चितवन सिनेप्लेक्स सिनेमा हलमा राखिएको प्रिमियर शोलाई दर्शकहरुले पूर्ण रुपमा मनोरन्जन लिनुका साथै चलचित्रको तारिफ गरेका थिए । एक सुपरस्टार र एक उदयीमान गायिकाको प्रेमकथामा निर्माण भएको यो चलचित्रलाई अधिकांश दर्शकहरुले फिल्म राम्रो बनेको दर्शकले प्रतिक्रिया दिए । फिल्ममा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकाय लगायतका कलाकारको अभिनय रहेको छ । प्रिमियर शोमा बिभिन्न क्षेत्रमा आबद्ध रहेका व्यक्तिहरुको बाक्लो उपस्थिती रहेको थियो ।
कांँग्रेसका युवा नेता बिजयराज भुषालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका महासचिव चेतबहादुर सिंह ‘राजा’ कार्यक्रमको विशिष्ट अतिथि रहेका थिए ।