मकवानपुर । पशुपतिनगरबाट सांँढे चारलाख बराबरका सुनचांँदीका गहनासहित एकजना भारतीय नागरिक पक्राउ परेका छन । पक्राउ पर्नेमा भारतका बिहारका सितामडी थाना परिहार पोष्ट अन्धौली ३ सोलार साह रहेका छन । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार अपरान्ह २ बजे ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौडा उपमहानगरपालिका वडा नंम्बर १५ रातोमाटे स्थित चेकपोष्टमा पथलैयाबाट हेटौडा तर्फ आउदै गरेको प्रदेश २९०३९०२० प ८२४५ नम्बरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा उनी पक्राउ परेका हुन । उनको साथबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको सुन र चाँदीका तिलहरी,झुम्का,फुली,बाला,पाउँजु,सिक्री, ब्रासलेट,औठी, गणेश लक्ष्मीको मूर्ती, पाउजु लगायत गहना बरामद गरेको हो । दुई लाख पाँच हजार दुईसय साठ्ठी रुपैंयाको सुन दुई लाख पैतिस हजार छ सय दुई रुपैयाको चांँदी गरी चार लाख चालिस हजार आठ सय बैसठ्ठी रुपैयांँ बराबरका गहनाहरु बरामद गरिएको प्रहरीले जनाएको छ । साहलाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाईएको छ ।