चितवन । चितवनका एकजना डांँका मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन । खैरहनी नगरपालिका वडा नम्बर ६ का कमल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार चितवन जिल्ला अदालतबाट मिति २०७० साल भदौ २५ गतेको फैसलाले डाँका मुद्धामा ५ बर्ष ११ महिना २ दिन कैद र नगद जरिवाना दुई लाख एकहत्तर हजार बिस रुपैया मात्र सजायंँ तोकिएको थियो । उनी हालसम्म फरार रहेको तोकिएका जिल्ला बुधबार पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराईएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु