चितवन । भरतपुर महानगरपालिकाले साझापुर मा।वि। मेघौली र श्री मा।वि। ढड्ढाघारी विद्यालय बस खरिदका लागि दुई पक्षिय सम्झौता गरेको छ । बुधबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालुमाया अधिकारी र भोजराज पौडेल एक कार्यक्रमका बीच स्कुल बस खरिद सम्झौतामा भरतपुर सम्पन्न गरेका छन्।
बुधबार सम्पन्न स्कुल बस खरिद सम्बन्धी सम्झौता अनुसार भरतपुर महानगरपालिकाले सम्बन्धित विद्यालयलाई १० लाख ५० हजारका दरले विद्यालयलाई रकम दिनेछ भने विद्यालयले बस खरिद गरी सञ्चालनमा ल्याउनेछ।
सम्झौता कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिकाले विद्यालयमा विद्यार्थी भाइबहिनीहरूको सहज पहुँच स्थापना गर्न सरकारी विद्यालयहरूलाई स्कुल बस दिने नीति लिएको बताउँदै यस वर्ष साझापुर मा।वि। मेघौली र श्री मा।वि। ढड्ढाघारीलाई स्कुल बस प्रदान गरेको बताउँदै तोकियकै मितिमा बस खरिद गरी सञ्चालनमा ल्याउन आग्रह गरिन्।
सो अवसरमा प्रमुख दाहालले विद्यालय शिक्षाको गुणस्तर वृद्धि र सरकारी विद्यालयमा विद्यार्थीहरूको आकर्षण बढाउन ठूलो लगानी गरेको बताइन।विद्यालयको भौतिक पूर्वाधार विकास, विद्यार्थीमैत्री कक्षाकोठा निर्माणका साथै गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिरहेको बताइन। हामीले शिक्षा क्षेत्रमा गरेको लगानिको प्रतिफल पाउन शुरूभएको भन्दै यो घ वर्षमा करिब ठ हजार विद्यार्थी संख्या सरकारी विद्यालयमा बढेकोसमेत बताइन। शैक्षिक गुणस्तर वृद्धिको लक्ष्य लिएर आफूहरूले काम अगाडि बढाइरहेको समेत बताइन।
सो अवसरमा स्कुल बस प्राप्त गर्ने श्री माध्यामिक विद्यालय ढड्ढाघारीका प्र।अ। गोविन्द प्रसाद सुवेदी र साझापुर मा।वि। व्यवस्थापन समितिका अध्यक्ष लालुमाया अधिकारीले संख्या वृद्धि र शैक्षिक गुणस्तर वृद्धिमा उल्लेख्य भूमिका खेल्ने विश्वास गर्दै भरतपुर महानगरपालिकालाई धन्यवाद व्यक्त गरेका थिए।
सो अवसरमा भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र प्रसाद पौडेलले भरतपुर महानगरपालिकाले समग्र शिक्षा क्षेत्रको गुणात्मक विकासका लागि कुल बजेटको ज्ञछ प्रतिशत बढी रकम परिचालन गरेको भन्दै स्कुल बस प्रदान गर्ने कामको प्रतिफल हाँसिल भइरहेको बताए। विद्यालयको क्षेत्र फराकिलो भएका प्राविधिक शिक्षा सञ्चालनमा आएका र गरिब तथा विपन्न परिवारको बाहुल्यता रहेका क्षेत्र पहिचान गरी विद्यालय छ्नौट गरिएको बताए।
यस वर्ष भरतपुर महानगरपालिकाले साझापुर मा।वि। मेघौली र श्री मा।वि। ढड्ढाघारीलाई प्रदान गर्नेछ भने हालसम्म नारायण नमूना मा।वि।भरतपुर, प्रभात मा।वि। शुक्रनगर, भिमनगर मा।वि। भिमनगर, लक्ष्मी मा।वि।जगतपुर र कविलाश मा।वि। जुगेडिलाई स्कुल बस प्रदान गरिसकेको छ।
Attachments area