चितवन । झण्डै चार दशक राजनीतिक यात्रा तय गरेका राजेश्वर खनालले नेपाली कांँग्रेस, १४ औं महाधिवेशन अन्तर्गत चितवनको शुक्रबार भएको अधिवेशनबाट निर्विरोध सभापति बन्न सफल भएका छन । सभापति पदको दोस्रो चरणको निर्वाचनमा मिलनबाबुले उम्मेदवारी फिर्ता लिएपछि सबैभन्दा बढी मत ल्याएका खनाल निर्विरोध सभापति बन्न सफल भएका हुन् ।
तीनदशकदेखि शैक्षिक क्षेत्रमा समेत क्रियाशील हुँदै आएका उनी चितवन काँग्रेसको राजनीतिमा परिचित अनुहार र स्थापित नेता हुन् ।
२०४१ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिई आफ्नो राजनीतिक यात्रा प्रारम्भ गरेका उनी स्कूल जीवनमा नै नेविसंघका सदस्य (स्कुल अध्यक्ष) ने.बि संघ तनहुँको जिल्ला सदस्य हुँदै २०४४ सालमा वीरेन्द्र क्याम्पसमा उच्च शिक्षा अध्ययनसँगै क्याम्पस इकाईको उपसभापति स्वतन्त्र विद्यार्थी युनियनको वीरेन्द्र बहुमुखी क्याम्पसको २०४९ मा निर्वाचित सचिव समेत भईसकेका छन् । २०५१ मा निर्वाचित स्ववियु सभापती खनाल वीरेन्द्र बहुमुखी क्याम्पसको राजनीतिक इतिहासमा १९ वर्षपछि मात्र ने.वि.संघले खनालको नेतृत्वमा स्ववियुमा सफलता हासिल गरेको थियो ।
२०५२ सालमा स्वियु परिषद नेपालको केन्द्रिय सचिव एवं २०५३ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य भई नेपाल विद्यार्थी संघ लाई अब्बल दर्जाको संगठन बनाउन सफल कार्यकर्ताको रुपमा उनलाई हेर्ने गरिन्छ ।
उनले आफ्नो राजनीतिक यात्रामा कहिल्यै थकाई मारेनन । ‘मैले हालसम्म पार्टीको लागि अनवरत काम गरिरहेको छु , उनी भन्छन, कहिल्यै थकाई मारेको छैन । आगामी दिन पनि निरन्तर लागिरहनेछु ।’
खनाल नेपाली कांग्रेसको नेपालगन्ज महासमितिको बैठक बाट पुनःस्थापित नेपाल तरुण दल चितवन शाखाको २०५४ सालबाट जिल्ला सचिव केन्द्रीय पार्षद हुँदै २०५९ सालमा तरुणदल चितवन जिल्लाको जिल्ला अध्यक्षको रुपमा समेत जिम्मेवारी बहन गरिसकेका छन् । प्रजातान्त्रिक आन्दोलनमा पनि उनी निकै सक्रिय थिए । २०४२ देखि यता उनी पटक पटक गरी ८ पटकसम्म प्रहरी हिरासतमा परे ।
‘निरङ्कुश पञ्चायती व्यवस्थाका विरुद्ध प्रजातान्त्रिक आन्दोलनमा २०४२ सालमा तनहुँमा, त्यसपछि चितवन र काठमाडौंमा पटक पटक गरी आठ पटक प्रहरी हिरासतमा परेको छु ।’ खनाल सम्झन्छन् ।
लगातार नेपाली कांग्रेसका दुई वटा भातृ संगठनहरुलाई सफलतापूर्वक नेतृत्व गर्दै २०६२ सालमा नेपाली कांग्रेस भरतपुर–१० को सभापति, २०६७ सालमा क्षेत्रिय कार्यसमितिमा रहदै २०७२ सालमा नेपाली कांग्रेस महासमिति सदस्यमा निर्वाचित भएका थिए ।
विगत चारदशक देखी राजनितिमा प्रवेश गरी निस्वार्थ भावनाले, निरन्तर सक्रियरुपमा लागेर राजनैतिक एवं सामाजिक रुपान्तरण गर्नुनै उनको मुल एजेण्डा हो । खनाल आफुलाई पार्टीको ईमान्दार र स्वच्छ कार्यकर्ता सम्झन्छन । आफूमा जिल्लाका कांँग्रेस राजनीतिलाई अघि बढाउने योग्यता र क्षमता भएका कारणपनि काग्रेसको चौधौ महाधिवेशनमा आफुलाई नेपाली कांँग्रेस चितवन जिल्लाको सभापतिको सजिलै जित्ने दाबी गर्दै आएका थिए । खनालको सामाजिक यात्रा पनि उत्तिकै सक्रिय र लोभलाग्दो छ ।
२०५३ सालमा स्मृति साप्ताहिक पत्रिकाको प्रधान संपादक हुदै प्रेस युनियन शाखाको सदस्य भएका खनाल हाल केन्द्रिय पार्सद छन् ।
उनी यतिमा मात्र सिमित छैनन । प्रजातान्त्रिक विचार समाज, भ्रष्टाचार विद्रोह अभियान चितवन, मानव अधिकार तथा शान्ति समाज, नेपाल क्षयरोग संघ चितवन , नेपाल परिवार नियोजन सघं, रामेश्वर पुस्तकालय, दोभान पुस्तकालय, बागेश्वरी गौ संरक्षण केन्द्रका आजीवन सदस्य रहेका खनाल मैयादेवी कन्या कलेज र क्एः कलेजका क्याम्पस सभा सदस्य साथै मितेरी फाउन्डेसन नेपालको सल्लाहाकारको भुमिका निर्वाह गर्दै आएका छन ।
प्राध्यापन पेशा सँगै प्रजातन्त्रवादी प्राध्यापक संघ मैयादेवी कन्या कलेजका संस्थापक अध्यक्ष एवम् प्रध्यापक संघका सभापती समेत रहेका खनाल उक्त क्याम्पस स्थापना क्रममा संस्थापक सदस्य हुन् ।
नेपालको शिक्षा प्रणालीलाई पब्लिक प्राईभेट पाट्र्नसिप (एएए) बाट मात्रै आधुनिक र अन्तराष्ट्रिय स्तरको शिक्षा प्रदान गर्न सकिन्छ, भन्ने बिश्वास का साथ बिगत २५ वर्ष देखी सक्रिय रहंँदै आएका छन् ।
२०४७ सालदेखि शिक्षा क्षेत्रमा लाग्नुभएका खनाल मैयादेवी कन्या कलेज वीरेन्द्र बहुमुखी क्याम्पस हुँदै हाल नारायणी इङलिस पब्लिक स्कुल भरतपुर–११ का अध्यक्ष तथा प्रबन्ध निर्देशक, त्रि.वि सम्बन्धन प्राप्त सामुदायिक क्याम्पस भरतपुर भ्याली कलेजका अध्यक्ष एवं सह प्राध्यापक हुन्।