चितवन । नारायणगढको नारायणी नदी किनारमा यामाहा कम्पनीको ‘महा एक्सेञ्ज मेला’ शुरु भएको छ । आजदेखि ६ दिनसम्म मेलाको उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुन नारायण श्रेष्ठले शुभारम्भ गरे । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बालिबालिका संरक्षण संस्था सानो घरलाई पांँचहजार पांँचसय रुपैंया रकम हस्तान्तरण गरेर मेलाको शुभारम्भ गरिएको थियो ।
शुभारम्भ पछि बोल्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले कोरोना पछि किनारमा गरिएको अटोमोबाइलको मेलाले यामाहाको बजार प्रर्वद्धनमा सहयोग पुग्ने बताए । अटोमोबाइल क्षेत्रमा काठमाडौंपछि चितवनले आफ्नो हिस्सा ओगटेको भन्दै यस मेलाले नारायण्ी नदी किनारको पर्यटन तथा अन्य व्यवसाय समेत प्रर्वद्धन हुने बताए । यामाहाको आधिकारिक बिक्रेता मोरङ्ग अटो वर्क र नारायणगढको डिलर नवीन अटो सेन्टरले आयोजना गरेको यस मेलाले अन्य उद्यमी व्यवसायीलाई समेत टेवा पुग्ने श्रेष्ठले बताए । कोरोनाका कारण अटोमोबाइल क्षेत्रसंँगै अन्य क्षेत्र धराशायी भएको भन्दै उनले उद्यम व्यवसाय थप गतिशिल बनाउन सरकारले पूजीगत खर्च र विकास खर्च गरिनुपर्नेमा जोड दिए । हाल कुनैपनि सामान आयात गर्दा एलसीमा ११० प्रतिशतसम्मको कडाईले समग्र उद्योग व्यवसायमा समस्या भएको उनको भनाई थियो । हाल सबै व्यवसायिक क्षेत्रमा तरलताको अभावले समस्या भएकोले सरकारले नीतिगत सुधार गर्नुपर्ने उनले बताए ।
नेपाल अटोमोबाइल डिलर एशोसियसनका(नाडा) केन्द्रिय सदस्य गोपाल भट्टराइले नेपालमा राज्यलाई अटोमोबाइल क्षेत्रले उत्कृष्ट योगदान दिदैं आएको बताउंँदै उनले नागरिक तथा सेवाग्राहीलाई यातायातको पहुंँच पुरयाउन यस क्षेत्रको उत्तिकै भूमिका रहेको बताए । विकसित मुलुकमा सार्वजनिक यातायातको पहुंँच, सुरक्षा र सुविधा भएपनि हाम्रो जस्तो देशमा यातायात तथा ढुवानीको पहुंँच पुरयाउन अटोमोबाइल क्षेत्रको भूमिका उल्लेखनीय रहेको भट्टराइले बताए । व्यवसायीले आफ्नो व्यवसायिक धर्म निर्वाह गर्नुको साथै दुर्घटना न्यूनिकरण अटोमोबाइलको यान्त्रिकरण तथा संस्थागत सामाजिक उत्तरदायित्य उत्तिकै निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।
चितवन अटोमोबाइल एशोसियसनका पूर्व अध्यक्ष ईश्वर श्रेष्ठले व्यवसायीले अटोमोबाइलका साधन बिक्री गर्नुका साथै दुर्घटना न्यूनिकरण सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिए ।
वाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमलले सडक दुर्घटना न्यूनिकरण र सुरक्षाका लागि अटोमोबाइल क्षेत्र र ट्राफिक प्रहरी सहकार्य हुनुपर्ने बताए ।
नवीन अटो सेन्टरका प्रबन्ध निर्देशक कपिल सागर कर्माचार्यले नारायणी नदी पर्यटकीय तथा व्यवसायिक हब भएकोले यामहाको महाएक्स्चेञ्ज मेला यहांँ शुरु गरिएको बताए । मेलामा जुनसुकै मोटरसाइकल खरीद तथा एक्सचेञ्ज गर्दा बजार मुल्य भन्दा प्रति मोटरसाइकल १० बढी मुल्य राखिएको उनले बताए । यस्तै नयांँ साधन खरीदमा ७ हजार क्यास ब्याक अफरका साथै गिफ्ट ह्याम्पर रहेको छ । मेला अवधिभर डेढसय मोटरसाइकल स्कुटर एक्सचेञ्ज र बिक्री हुने कम्पनीको अपेक्षा छ । मेलामा २ लाख देखि सांँढे पांँच लाख रुपैंया सम्मका मोटरसाइकल र स्कुटर राखिएका छन ।