मकवानपुर। हेटौंडामा भारी परिमाणमा कपडा सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विरगञ्ज महानगरपालिका वडा नम्बर ३ का तवकिर जोगी र सोही ठाउंँका निराज आलमलाई नियन्त्रणमा लिईएको हो । जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार मंगलबार ४ बजे
मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नंम्बर १० पुर्व पश्चिम लोकमार्ग सडकखण्ड किनारमा झोलाहरु सहित शंकास्पद रुपमा बसेका उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुको झोलाहरु खोलेर चेकजाँच गर्दा अबैध रुपमा भन्सार छली ल्याएको कुर्ता सुरुवाल, सुरुवालको थानको कपडा, टावेल गरी अनुमानित एकलाख पांँच हजार सातसय रुपैंया बराबरको कपडा सहित नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु