चितवन । चितवनबाट नक्कली दस्तखत गरी चेक दिएर ठगी गर्ने दुईजना पक्राउ परेका छन । पक्राउ पर्नेमा कालिका नगरपालिका वडा नम्बर १ का उज्जवल कुँवर र जिल्ला मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका वडा नम्बर ११का प्रभाकर भन्ने सुदिप कार्की रहेका छन । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार रत्ननगर नगरपालिका वडा नम्बर १ सौराहारोडमा न्यू लक्ष्मी इन्टरप्राइजेज पसलका संचालक कृष्ण प्रसाद तिवारीसँग फागुन १४ गते प्रभाकर कुंँवर र कार्की समेतले चार लाख अडसठ्ठी हजार चार पैतिस बराबरको फलामको रड खरिद गरी सो वापतमा अरूको चेकमा नक्कली दस्तखत गरी ठगी गरी भागी फरार रहेका थिए । उनीहरुलाई बुधबार प्रहरीले जिल्ला कालिका नगरपालिका वडा नम्बर १ लंकालाईनबाट पक्राउ गरेको हो । ठगी गर्ने दुबै जनालाई चितवन जिल्ला अदालतबाट म्याद अनुमति लिई थप भई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।