चितवन । चितवन मेटल ईञ्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिमा तारा बहादुर कार्की पुनः चयन भएका छन । समितिको तेस्रो साधारणसभा तथा अधिवेशनले कार्कीको अध्यक्षतामा दुईवर्षे कार्यकालका लागि १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षहरुमा कृष्ण प्रसाद भण्डारी, मोहनलाल श्रेष्ठ, राजु पुडासैनी, सचिवमा दुर्गालाल सापकोटा, कोषाध्यक्षमा राजकुमार श्रेष्ठ, सह–सचिवमा रुकेश सापकोटा चयन पुगेका छन । यस्तै सदस्यहरुमा सूर्य प्रसाद तिमिल्सिना, रामहरि कँडेल, युवराज बराल, लोकनाथ सुवेदी, उद्धव न्यौपाने, विरेन्द्र बहादुर दवाडी, विवेक देवकोटा, धर्मराज अधिकारी र सन्तोष श्रेष्ठ चयन भएका हुन् । नवनिर्वाचित समितिका अध्यक्षलाई निर्वाचन मण्डलका संयोजक चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले र अन्य पदाधिकारी एवम् सदस्यहरुलाई नवनिर्वाचित अध्यक्षले सपथ ग्रहण गराएका थिए ।
तेश्रो साधारणसभा एवम् दोश्रो अधिवेशनलाई नवनिर्वाचित अध्यक्ष तारा बहादुर कार्कीबाट प्रतिवद्धता मन्तव्य सहित कार्यक्रमको समापन गरेका थिए ।
चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशनमा कार्की पुनः चयन
चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशनमा कार्की पुनः चयन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु