चितवन । आगामी स्थानिय निर्वाचनलाई लक्षित गरेर नेपाली काँग्रेसले घर – घर अभियान सुरु गरेको छ । हरेक घरमा काँग्रेसको एजेण्डा पु¥याउने उदेश्यले काँग्रेसले आइतवारबाट एक महिने अभियान सुरु गरेको हो । केन्द्रीय कार्यक्रम अन्र्तगत निर्वाचनमा पार्टीलाई जिताउने लक्ष्य सहित ‘घर–घर जाऔं , काँग्रेसलाई जिताऔ ’ अभियान सुरु गरिएको नेपाली काँग्रेस चितवनले जनाएको छ । अभियानअन्र्तगत वडा , टोल तहसम्म पार्टी भित्र सौहादैता , उकता र उर्जा अभिबृद्धि गरेर विगतका राजैतिक र आर्थिकक उपलब्धि जनता माझ लैजाने बताइएको छ । केन्द्रको परिपत्र अनुसार चितवनमा अभियान सुरु गरिएको काँग्रेस चितवनका सचिव ध्रुव पोखरेलले बताए । उनका अनुसार चैत २९ गतेसम्म हरेक घरमा काँग्रेसका प्रतिनिधि पुग्नेछन् ।
अभियानमा आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा मतदातालाई काँग्रेसको एजेण्डा वारे स्पष्ट पार्ने उदेश्य सहित लोकतन्त्रको रक्षाको लागी अभियान केन्द्रीत रहेको केन्द्रीय सदस्य ले बताए । विगतको निर्वाचनको समिक्षा गरेर टोल स्तरसमम पार्टीको एजेण्डा पु¥याइने उनले बताए । पछिल्लो समय एमसिसिको विषयमा कम्यूनिष्ट पार्टीले भ्रम छरेको भन्दै त्यसलाई चिरेर जनतालाई यथार्थ बुझाउन लागिएको उनको भनाई थियो ।
कमलनगरमा रहेको पार्टी कार्यालयमा कार्यक्रम गरि अभियानको सुरुवात गरिएको हो । कार्यक्रममा स्थानिय तहदेखी जिल्लाका नेताहरु सहभागी थिए । उनीहरुले आउँदो निर्वाचनमा काँग्रेसको रणनितिका लागी सुझाव दिएका थिए । नेपाली काग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले काँग्रेसको अभियानले भम्र र यथार्थलाई स्पष्ट पार्ने बताए ।
काग्रेसले आज देशभर एकै समयमा एक साथ अभियान सुरु गरेको हो । हरेक जिल्लामा दिँउसो एक बजे अभियानको उदघाटन गरिएको हो । जिल्लामा उदघाटन गरेपछि बाँकी कार्यक्रम स्थानिय तह र तीनका्े वडामा केन्द्रीत हुने अभियानको लागी जिल्लाका सबै वडा प्रतिनिधि खटाइएको छ ।