चितवन ( बी कम्पनीले चितवनमा ग्ल्याम(अप नेपाल २०२२ु आयोजना गर्ने भएको छ । चैत २५ र २६ गते उक्त कार्यक्रम हुने आज ९मंगलबार० नारायणगढमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ ।
यो ग्ल्याम(अप नेपालको दोस्रो संस्करण हो । यस अघि २०१८ मा पहिलो संस्करण आयोजना भएको थियो । गत वर्ष नै कार्यक्रम आयोजना गर्ने भनिए पनि कोभिडका कारण स्थगित भएको थियो ।
दुई दिनसम्म चल्ने कार्यक्रममा फेशन डिजाइनिङ सम्बन्धी वर्कसप र रन वे हुनेछ । यस्तै सौन्दर्यसँग सम्बन्धित केही स्टलहरु पनि रहने कम्पनीका अध्यक्ष बिमल पौडेलले जानकारी दिए । पहिलो दिन नेपालकै चर्चित फेशन डिजाइनर तेन्जिन भुटियाले फेशन डिजाइनरहरुलाई वर्कसप मार्फत प्रशिक्षण दिनेछन् ।
रन वे तथा सौन्दर्यसँग सम्बन्धित प्रदर्शनी भने दोस्रो दिन चैत २६ गते हुनेछ । फेशन डिजाइनर तथा मोडलहरुलाई आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गर्नका लागि कार्यक्रम आयोजना गरिएको उनले बताए । उनका अनुसार बिगतमा हुँदै आएको ‘ग्ल्याम(अप नेपाल’ लाई यसपटक परिस्कृत रुपमा आयोजना गर्न लागिएको हो ।
नारायणगढस्थित पर्व वेन्क्विटमा हुने कार्यक्रममा लामो समयदेखि मोडलिङ फिल्डमा रहेका ४५ भन्दा बढी मोडलहरु सहभागी हुने कम्पनीका निर्देशक बिनेश थापाले जानकारी दिए । मोडलहरुले डिजाइनरको ड्रेसमा ६० भन्दा बढी सिक्वेन्स प्रस्तुत गर्नेछन् ।
कार्यक्रम दुई हजार भन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको कम्पनीका निर्देशक अनिल घिमिरेले जानकारी दिए । यही कार्यक्रम कार्यक्रम मार्फत यस पटक डिजाइनर अफ दि एयर २०२२ र मोडल अफ दि एयर २०२२ गरी दुई जनालाई अवार्ड पनि दिईने घिमिरेले बताए । अवार्डका लागि ई(सेवासँग सहकार्य गरेर भोटिङको व्यवस्था गरिने उनले बताए ।
कार्यक्रममा नेपालका केही चर्चित सेलिब्रेटीहरु पनि सहभागी हुनेछन् । दोस्रो चरणको पत्रकार सम्मेलन मार्फत सहभागी हुने सेलिब्रेटीहरु बारे जानकारी दिईने उनले बताए ।
यो चितवनमा नै हुन लागेको फेशन र सौन्दर्यसँग सम्बन्धित ठूलो कार्यक्रम हो । ुग्ल्याम(अप नेपालु यस अघि नेपाल डायरिजले आयोजना गर्दै आएको थियो । नेपाल डायरिज, क्याराभान र ब्रोस सिस इन्टरटेनमेन्ट गाभिएर बी कम्पनी भएपछि ुग्ल्याम(अप नेपालु को रुपमा पहिलो कार्यक्रम हुन लागेको हो ।
चितवनमा चैत्र २५ र २६ मा फेशन डिजाइनिङ सम्बन्धी वर्कसप र रन वे कार्यक्रम हुंँदै
चितवनमा चैत्र २५ र २६ मा फेशन डिजाइनिङ सम्बन्धी वर्कसप र रन वे कार्यक्रम हुंँदै
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु