चितवन । चितवनमा जंगली मौरीले टोक्दा १६ जना घाईते भएका छन ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बेलुका ५ बजे रत्ननगर नगरपालिका वडा नम्बर ६ सौराहामा निकुञ्ज सेक्टर कार्यालयको कम्पाउण्ड भित्र हात्ती हेर्न गएका उनीहरुलाई एक्कासी मौरीले आक्रमण गरेको हो । आक्रमणबाट घाइते हुनेहरुमाा सिन्धुली कमलामाई नगरपालिका ४ की तुलसा श्रेष्ठ सोही ठाउंको केदार श्रेष्ठ, शान्ता श्रेष्ठ , सोही जिल्ला मरिण नगरपालिका वडा नम्बर ७ का कृष्ण नारायण श्रेष्ठ , दिपक माझी ,शारदा श्रेष्ठ, धन कुमारी श्रेष्ठ, काजीलाल श्रेष्ठ, भगवती श्रेष्ठ रहेका छन ।
यस्तै अन्य घाईतेहरुमा दान बहादुर श्रेष्ठ , कल्याण श्रेष्ठ ,सुजाता श्रेष्ठ , कबिर श्रेष्ठ ,राधा श्रेष्ठ ,राधिका श्रेष्ठ र
पारु श्रेष्ठ रहेका छन । यी मध्य केहीको अवस्था मध्यम रहेको र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनीहरुको बकुलहर सरकारी अस्पताल टांँडीमा उपचार भईरहेको छ ।
चितवनमा जंगली मौरीको आक्रमण : १६ जना घाइतेको टांँडी अस्पतालमा उपचार हुंँदै
चितवनमा जंगली मौरीको आक्रमण : १६ जना घाइतेको टांँडी अस्पतालमा उपचार हुंँदै

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु