चितवन । चितवनमा गैंडाको आक्रमणबाट बच्न खोज्दा पोखरीमा डुबेर एकजना सेनाका जवानको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज सांँझ करीब पौने ८ बजे भरतपुर महानगरपालिका .भित्र रहेको राष्टिय निकुञ्जको खड्ग दल गण कोर ईलाकाको साईली माईली पोष्टबाटबाट सुरक्षार्थ खटिएको हुद्धा भोज बहादुर थापाको कमाण्डमा खटिएको सेनाको गस्ती टोलीलाई राष्ट्रिय निकुञ्ज भित्र गस्ती गर्दै जाने क्रममा एक्कासी गैंडाले आक्रमण गर्न खोजेको थियो ।
गैंडाको आक्रमणबाट भागेर बच्न खोज्दा सो पोष्टमा कार्यरत खोटाङ गाउंँपालिका वडा नम्बर ४ का नेपाली सेनाको २६ बर्षीय जवान पवन कटुवाल सोही निकुञ्ज भित्र रहेको दलदले पोखरीमा अतालिएर हाम फाल्दा डुबेका थिए । उक्त पोखरीमा डुबेर उनको मृत्यु भएको भन्ने खबर ईप्रका फुलबारीमा प्राप्त हुनासाथ त्यहांँको प्रहरी टोली पुगेर घटनास्थल तथा शवको जाँच मुचुल्का तयार गर्नुका साथै अन्य अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।