चितवन । होलीमा चितवनमा सवारी नियम उल्लंघन गरी सवारी साधन चलाउने १४५ जनाको सवारीसाधनलाई नियन्त्रणमा लिईएको छ ।
मादक पदार्थ सेवन गरी, सवारी चालक अनुमति नलिई, हेलमेट नलगाई तथा तीन जना सवार भई सवारी साधन सन्चालन गरेका दुई पाङग्रे सवारी साधन मो.सा. र स्कुटर गरि जम्मा १३३ वटा, चार पाँग्रे सवारी साधन कार–७ वटा, म्याजिक भ्यान १ वटा, तीन पाँग्रे अटो–३ वटा र ट्याक्टर–१ गरि जम्मा १४५ वटा सवारी साधन नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । यस्तै प्रहरीले मादक पदार्थ सेवन.गरी हो हल्ला तथा झैझगडा गर्ने १४ जना मानिसहरुलाई नियन्त्रणमा लिईएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु