किभ । इन्टरनेटमा चर्चित खैरो र खरानी रंगको टाटेपाटे पाल्तु बिरालो युद्धग्रस्त युक्रेनबाट बाहिरिन सफल भएको छ । ‘स्टेफन’ नामक यस बिरालोको इन्स्टाग्राम र टिकटकमा दस लाखभन्दा धेरै फलोअर छन् ।
मार्च ३ मा यस बिरालोको सामाजिक संजाल पेज मौन रहेपछि त्यसको फलोअरहरु विचलित भएका थिए । अन्ना नामक स्टेफनको मालिक्नीले यसै साता मात्र इन्स्टाग्राममा रुसले आक्रमण गरेपछि आफूहरु कसरी सुरक्षित गन्तव्यतर्फ पुग्यौं भन्नेबारे अपडेट गरेकी छन् ।
“हामीले दुई रात भूमिगत तल्लामा बितायौं । र, एकसाता बिजुली बिना बितायौं । फोन चार्ज गर्न पनि हामी नजिकको अर्को भूमिगत आश्रयस्थलमा पुग्ने गथ्र्यौं । अन्ततः हामीले सहर छाड्ने निर्णय गर्यौं । खार्किभका स्वयंसेवकहरूको सहयोगमा हामी रेलेवेस्टेसनसम्म पुग्यौं । हामी खार्किभबाट लभिभ सहर जाने ट्रेनमा चढ्यौं । २० घन्टामा हामी लभिभ पुग्यौं,” उनले दि पोस्टलाई भनेकी छन्, “त्यसपछि पोल्यान्डको सीमातर्फ लाग्यौं । क्रसिंगमा ४ देखि ५ हजार मानिस थिए । हामी बल्ल नौ घन्टापछि सीमा पार गरी पोल्यान्ड पुग्यौं । त्यहाँ हामीलाई थुप्रै अन्तर्राष्ट्रिय समूहले मद्धत गरी हामीलाई फ्रान्स पुर्याइदिए । हामी अहिले यहाँ सुरक्षित छौं । तर, हामी अझै युक्रेनमा रहेका आफन्तहरुबारे निकै चिन्तित छौं ।” यूपीआई