चितवन । नेपाली कांग्रेस चितवनको “घर घर जाऔं कांग्रेस जिताऔं” अभियान अन्तर्गत कालिका नगरपालिका वडा नम्बर१ को सम्पर्क कार्यालयको आज बुधबार एक समारोहका बीच उद्घाटन गरिएको छ । नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले सम्पर्क कार्यलयको उद्धघाटन गरेका हुन् । उद्धघाटन पछि बोल्दै खनालले स्थानीय निर्वाचनमा चितवन कांँग्रेस एक्लै लड्ने उद्धघोष गर्नुका साथै नगरवासीहरुको साथ र सहयोग भएमा पछाडी परेको कालिका नगरपालिकालाई एक नम्बरमा ल्याउने बताए ।
प्रदेशले गरेको आर्थिक सुचाङकको आधारमा कालिका नगरपालिका पछाडी परेको भन्दै उनले भने, ‘तपाईहरुले काङ्ग्रेसलाई जिताउनु भयो भने हामी एक नम्बरको नमुना नगरपालिका बनाउने छौ यसमा कुनै दुई मत छैन ।हामी सदैव कालिका नगर वासीहरुको साथमा छौ, तपाईहरु ढुक्क सग नेपाली काङ्ग्रेसलाई भोट हाल्नुस । ’
यसैबीच विभिन्न पार्टी परित्याग गरि ३० जना ब्यक्तिहरु काङ्ग्रेसमा प्रवेश गरेका छन । अब देशमा काङ्ग्रेसको जनलहर आएको भन्दै उनीहरुले आफूहरु काङ्ग्रेसमा प्रवेश गरेको बताए ।
यस्तै ६० बर्ष माथिका ६० जना जेष्ठ नागरिकहरुलाइ सम्मानित गरिएको छ । समाजमा पुर्याएको योगदानको कदर गर्दै उनिहरुलाइ सम्मान गरिएको नेपाली काङ्ग्रेस चितवनका निबर्तमान सभापति जीत नारायण श्रेष्ठले जानकारी दिए । कार्यक्रममा क्षेत्रीय सभापति भरत लामिछाने, महाधिवेसन प्रतिनिधि टकनाथ पौडेल, माहासमिती सदस्य सरोज गुरुङ, वडा अध्यक्ष लिला गुरुङ लगायतले मन्तव्य दिएका थिए । कार्यक्रम वडा सभापति वाङ शेर्पाको सभापतित्वमा सम्मपन्न भएको थियोे ।
यस्तै नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति चितवनले चितवनबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्यहरु, पुर्ब सभापतिहरु, बर्तमान र पुर्ब माननीयहरु सँग स्थानीय निर्वाचनको सन्दर्भमा बृहत अन्तरक्रिया समपन्न गरेको छ । अन्तरक्रियामा बोल्ने बक्ताहरुले आगामी स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेस एक्लै जानेमा जोड दिएका छ्न । आगामी चुनावमा नेपाली काङ्ग्रेस एक्लै लड्ने र बहुमत पनि प्राप्त हुने उनीहरुको भनाई थियो । अबपनि गठबन्धन गर्न ेहो भने २०७४ सालको समानुपातिक तर्फको मतको आधारमा अगाडि बढ्ने समेत उनीहरुले बताए ।
स्थानीय निर्वाचनमा एक्लै लड्ने चितवन काङ्ग्रेसको उद्धघोष
स्थानीय निर्वाचनमा एक्लै लड्ने चितवन काङ्ग्रेसको उद्धघोष
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु