चितवन । नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले चितवनलाई मेडिकल सिटीको रुपमा स्थापित गर्न नेपाली काङ्ग्रेस तयार रहेकोे बताएका छ्न । नेशनल बाथरोग सेन्टर भरतपुर मेट्रो किलनिक प्रा लि को उदघाट्न गर्ने क्रममा सभापति खनालले चितवनमा बाहिर बाट आउने मानिसहरुलाइ यस उपचारले ठूलो राहत मिल्ने बताए ।
उनले चितवन विकासको दृस्टिकोणले चितवन महत्वपूर्ण जिल्ला भएकोले ा यस्ता बाथरोग सेन्टरहरुको सहयोगले चितवनलाइ मेडिकल सिटि बनाउनमा अझ थप टेवा पुग्ने उनको भनाई थियो ।
‘भविष्यमा चितवन मेडिकल शहरको रुपमा बिकास हुन्छ, अब चितवनमा उपचार नपाएर कोहि पनि अकालमा मर्नु पर्दैन ।’ खनालले भने ।
कार्यक्रममा भरतपुर अस्पताल बिकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले
बाथरोग जटिल समस्या भएको हुदा यस सेन्टरले साच्चिकै बाथ रोगिहरुको पहिचान गर्न सहयोग पुग्नेमा बिश्वास व्यक्त गरे ।
यस्तै डा मनोज कंडेलले आम मानिसहरु बाथरोगको समयमै उपचार नपाएर मृत्यु हुने गरेको हुँदा यस बाथरोग सेन्टर आगामी दिनमा उनीहरुका लागि वरदान साबित हुनेमा आफु विश्वस्त रहेको बताए । कार्यक्रममा सेन्टरका वरिष्ठ बाथरोग बिषेशज्ञ डा. बिनित बैध, भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा .कृष्ण प्रसाद पौडेल, डा. अनिल कार्की लगायतले मन्तव्य राखेका थिए ।
मेडिकल सिटीको रुपमा स्थापित गर्न चितवन कांँग्रेस सदैव तयार : सभापति खनाल
मेडिकल सिटीको रुपमा स्थापित गर्न चितवन कांँग्रेस सदैव तयार : सभापति खनाल
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु