चितवन । नेपाली काङ्ग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले स्व उदयनाथ अधिकारी र वहाकी धर्मपत्नि स्व जानकी अधिकारी नेपाली काङ्ग्रेस पार्टीको लागि प्रेरणाको श्रोत भएको बताउनु भएको छ । नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ को आयोजनामा नेपाली काङ्ग्रेस चितवनका संस्थापक प्रजातान्त्रिक सेनानी स्व उदयनाथ अधिकारीको धर्म पत्नी स्व जानकी अधिकारीको नबौ दिनको पुण्य तिथिमा उहाँकै निवास खैरेनी वडा न २ मा शोकसभा कार्यक्रममा बोल्दै प्रमुख अतिथि सहमहामामन्त्री डिनाले वहाँ हरुकै प्रेरणाको श्रोतका कारण आफू र चितवन काङ्ग्रेस आज यो स्थानमा आएको बताउनु भयो ।
सो क्रममा बोल्दै नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले स्व उदयनाथ अधिकारी हलो क्रान्तिका नायक भएकोले वहाँ नेपाली काङ्ग्रेस चितवनको प्रेरणाको श्रोत भएको बताउनु भयो ।
‘लम्जुङको दुराडाडाबाट शैक्षिक , सामाजिक र राजनैतिक अभियानमा होमिएका हलो क्रान्तिका नायक स्व उदयनाथ अधिकारीको धर्मपत्नी जानकी अधिकारी प्रती नेपाली काङ्ग्रेस चितवन उच्च स्थान राख्द्छ ।’खनालले भन्नूभयो । कार्यक्रममा नेपाली काङ्ग्रेसका माहासमिती सदस्य राजेन्द्र बुर्लाकोटी, नेपाली काङ्ग्रेस खैरेनी नगर सभापति गुणराज श्रेष्ठ लगायले मन्तव्य राख्नु भएको थियोे । कार्यक्रम नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ का सभापति किरणभुषण ओलीको सभापतित्वमा सम्पन्न भएको थियोे ।
स्वर्गीय अधिकारी कांँग्रेसका लागि प्रेरणाको श्रोत : सहमहामन्त्री डिना
स्वर्गीय अधिकारी कांँग्रेसका लागि प्रेरणाको श्रोत : सहमहामन्त्री डिना

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु