चितवन । चितवन कांँग्रेसको ५ दिने अभियान सकिएको छ । घर घरमा काङ्ग्रेस आउंँँदा मतदाता खुशी भएका छन ।
अन्तर्रगतको ५ दिने अभियान कार्यक्रम बुधबारबट पूर्ण रुपमा सम्पन्न भएको छ । ५ दिने सो अभियान निकै सौहार्दपुर्ण बाताबरणमा सम्पन्न भएको नेपाली काङ्ग्रेस चितवनका नेता तथा कार्यकर्ताहरुले बताएका छन । नेपाली काङ्ग्रेस चितवनका नेताहरूले अभियान उपलब्धिमुलक भएको दाबी समेत गरेका छन ।
नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य अब्दुल सतारले असाध्यै उत्साहका साथ ५ दिने अभियान सम्पन्न भएको बताउनु भयो । घर घर–जाऔं कांग्रेस जिताऔं’ अभियानका लागि केन्द्रिय प्रतिनिधिको रुपमा चितवन आउनु भएका सतारले यो अभियानबाट नेपाली काङ्ग्रेस एक्लै लडन पर्छ भन्ने निचोडमा पुगेको पनि बताउनु भयो । ‘यहि चैत २१ या २२ गते बैठक बसेर ठोस निणयमा पुग्ने तयारीमा हामी रहेका छौ ‘सतारले भन्नू भयो ।
यस्तै नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य टेक प्रसाद गुरुङले सबै ठाउमा अभियानको राम्रो शुरुवात भएको बताउनु भयो । गुरुङले यस्तै गतिमा हामी अगाडि बढियो भने चितवनमा सफल हुनेमा आफू पुर्णरुपमा बिस्वस्त रहेको समेत बताउनु भयो । आम मतदाताहरु घर घरमा नेपाली काङ्ग्रेस आयो भनेर दग छन गुरुङले भन्नू भयो अभियानको माध्यमबाट एम सि सिको बारेमा वास्तविकता बुझाउन सकिएको प्रष्ट पार्नु भयो । एम सि सि को बारेमा कम्युनिस्टहरुले झुठो बोलेका थिए त्यसलाइ हाम्रो अभियानको माध्यमबाट आम मतदातालाइ बुझाउन सफल भइयो यो हाम्रो लागी महत्वपूर्ण कदम हो वहाँले भन्नू भयो ।
चुनाव लक्षित घरदैलो अभियानका क्रममा सुझाव संकलन कार्य भयो । ‘घर घर–जाऔं कांग्रेस जिताऔं’ अभियानमा नसोचेको उपलब्धि प्राप्त भयो,अब जिल्ला कार्यसमिति , सातवटै पालिकाका सरचना र वडातहगत रुपमा बसेर स्थानीय स्तरका आबस्यकता के हो, ती आबस्यकताहरुलाइ मध्यनजर गरेर नेपाली काङ्ग्रेस अगाडि बढने नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले बताउनु भयो ।
मुलत नेपाली काङ्ग्रेस चितवनको अवस्यकता के हो भन्ने कुरा गहन ढगबाट हेर्न जरुरी छ, अनि छलफल पछि परामर्श गरेर नेपाली काङ्ग्रेस चितवन अगाडि बढ्छ खनालले थप्नु भयो ।
९८ वटै वडा बाट सुझाव सकलन भएर आयो,यो छोटो अबधिमा भए पनि महत्वपूर्ण उपलब्धि हासिल गर्न सफल भइयो, नेपाली काङ्ग्रेस चितवनका निबर्तमान सभापति जित नारायण श्रेष्ठको भनाइ छ ।
वडातहबाट सुझाव संकलन भएर आएको छ अब यसलाइ अन्तिम रुप दिन बाकी छ श्रेष्ठले भन्नू भयो । अझ महत्त्वपूर्ण कुरा त हाल आएका ती सुझावहरुलाई स्थानीय निर्वाचनमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने नै हो । जिल्लाबाट खटिएका प्रतिनिधिहरुले सुक्ष्म ढगबाट दिइएको रिपोर्टलाई अध्ययन गरेर कसरी परिणाम हात पार्न सकिन्छ भन्नू नै हो । वडातहमा कांग्रेसका सिद्धान्त, नीतिबारे सर्वसाधरणलाई प्रशिक्षण दिन समेत अभियान सफल भएको नेपाली काङ्ग्रेस चितवनले जनाएको छ ।
पार्टीका महासमिति सदस्य,महाधिवेशन प्रतिनिधि, जिल्ला कार्यसमितिका सदस्यहरु, प्रदेश प्रतिनिधि र पार्टीका बुद्धिजीविहरुलाई वडातहमा खटाईएको थियोे । नेपाली कांग्रेसले आरम्भ गरेको घरघर जाऔं, कांग्रेस जिताऔं अभियान यहि चैत ३० गते सकिदै छ ।