चितवन । मिडिया स्पेस सोलुसन्स्प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा.लि.को संयुक्तआयोजनामाप्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङ सम्बन्धि बृहतअन्तराष्ट्रिय प्रदर्शनी“नेपालछए” को शुभारम्भ गरिएको छ । प्रदर्शनीको बागमतीप्रदेश उद्योग, वाणिज्य तथाआपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठ र चितवनउद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन गर्दै मन्त्रीश्रेष्ठले प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङको क्षेत्रमाउद्योग सञ्चालनगर्न चाहनेहरुको लागि यो प्रदर्शनीनिकै उपयोगी हुने बताउनुभयो । उहाँले यस्ता खाले प्रदर्शनी चितवनमा आयोजन ाभईरहँदा चितवनको आर्थिक क्षेत्रमा समेत ठूलो टेवापुग्ने समेत बताउनुभयो । प्रदर्शनी अवलोकन कार्यक्रममा मन्त्री श्रेष्ठले प्रदर्शकहरुसँग उत्पादनकाबारेमा जिज्ञासा सहित जानकारी लिनुभएको थियो । प्रदर्शनी अवलोकन पश्चात मन्त्री श्रेष्ठ र चितवन उद्योग संघका पदाधिकारी एवम् सदस्यहरुबीच छलफल समेत भएको थियो ।
छलफलमा चितवन उद्योग संघका उपाध्यक्षहरु गजेन्द्र अधिकारी, युग राज वस्ती, मदन चिरञ्जीवी पोखरेल, कार्यसमिति सदस्य दण्डपाणी भट्ट, पार्वती सुवेदी कुँबर, महिला उद्यमी मञ्चकी सदस्यअम्बिकाधिताल, युवा उद्यमी मञ्चका सदस्य अश्विनगोले,मिडिया स्पेश सोलुसनकापदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।
यसअघि लुम्बिनीप्रदेश उद्योग परिसंघका अध्यक्ष एजाद आलाम, रुपन्देही उद्योग संघका निवर्तमानअध्यक्ष गणेश प्रसादअधिकारी सहितको टोलीले प्रदर्शनीको अवलोकन गर्नुभएको थियो । प्रदर्शनीको अवलोकन पश्चात छलफल समेत गरिएको थियो । छलफलमा चितवन उद्योग संघका निवर्तमान अध्यक्ष राजु पौडेल, उपाध्यक्षहरु सूर्य प्रसादन्यौपाने, मदन घिमिरे, युग राज वस्ती, कार्यकारी निर्देशक गणेश प्रसादसिलवाल, कार्यसमिति सदस्यगोपाल प्रसाद गैरे, सञ्चार अधिकृत राजु भट्ट लगायतको उपस्थिति रहेको थियो ।
चितवनउद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले स्वागत सहित संघको गतिविधिकाबारेमाजानकारी गराउनु भएको छलफल कार्यक्रमलाई चितवनउद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले सञ्चालनगर्नुभएको थियो ।
स्वदेशी तथा विदेशी गरी १२० भन्दा बढिकम्पनीहरुको स्टल रहेको प्रर्दशनीमाप्लाष्टिक प्रोसेसिङ्ग मेशिनरी का उत्पादकहरु, स्क्रिन प्रिन्टिङ्ग, कन्टेनर, बिबकक, ईण्डक्सन मोल्डिङ्ग मेशिन, प्रिन्टिङ्ग मेशिन, टेप, प्लाष्टिक हिटर,अफिस स्टेशनरी मेशिनरी, प्रिन्टिङ्ग स्पेर पार्टस, पेपर मेशिनरी, पेपर कप मेसिशनरी, सबै खालका कागज र स्पेर पार्टस्, सिलाई मेशिनरी उत्पादकहरु, प्याकेजिङ्ग मेशिनरी, ¥यापफिल्म उत्पादक, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादक र अन्य थुप्रै उत्पादकहरुको सहभागिता रहेको छ ।