चितवन । चितवनमा एक सामुदायिक वनमा घांँस काट्न गएका एक पुरुष वेपत्ता भएका छन ।
वेपत्ता हुनेमा खैरहनी नगरपालिका वडा नम्बर १२ जनकपुरका ६५ बर्षीया राम प्रसाद धमला रहेका छन ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ९ बजेर ५ मिनेट जांँदा सोही वडाको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घांँस काट्न जांँदा स्थानीयले बाघको आक्रमण परेको जानकारी दिएका थिए । उक्त सूचना प्राप्त हुनासाथ सेना र प्रहरीको टोलीद्धारा खोजी कार्य भईरहेको छ । हालसम्म उनी फेला नपरेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु