चितवन । नारायणी बचत तथा ऋण सहकारी संस्था लि.(साकोस) ले २५औ बार्षिकोत्सव तथा रजत महोत्सव अवसरमा विभिन्न कार्यक्रम गरी मनाएको छ । जसअन्तर्गत आईतवार भएको अन्तर स्कुल वक्तृत्वकला प्रथियोगितमा प्रेम बस्ती माध्यमिक विद्यालयका सुमना सुवेदी प्रथम भएकी छिन भने द्धितिय स्थान अर्बिट स्कुलका ऋषम गौतमले प्राप्त गरेका छन । यस्तै प्रतियोगितामा तृतिय स्थान हासिल गर्न अर्विट स्कुलकै छात्र विपिन भण्डारी सफल भएका छन ।
नारायणी साकोसले आईतवार जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई प्रतियोगितामा सहभागी गराएको थियो ।
प्रतियोगिताको निर्णायक मण्डलमा प्रमुख अतिथि सुरेन्द्र अस्तफल, यस्तै देवकी गौतम र मीन प्रसाद चापागाईं रहेका थिए । साकोसले चैत्र ३० गतेसम्म विभिन्न कार्यक्रम गरिने रजत महोत्सवका कार्यक्रम संयोजक तथा कार्यक्रम सञ्चालक कृष्ण अधिकारीले जानकारी दिए ।
उनका अनुसार सोमबार स्थानीय भद्रकुमारी राष्ट्रिय आधारभुत विद्यालयमा निशुल्क स्वास्थ्य परीक्षण –प्रेसर, सुगर, दन्त , थाईरोईड गरिने कार्यक्रम रहेको छ ।
दन्त परीक्षणको सहयोगी संस्थाको रुपमा एपोलो डेण्टल क्लिनिक भरतपुर रहेको छ । अन्य सहयोगी संस्थाहरुमा मुटु अस्पताल भरतपुर, एरो फर्मास्युटिकल्स र केभा फर्मास्युटिकल्स प्रालि रहेका छन । यस्तै चैत्र २९ गते मंगलबार नेपाल रेडक्रस सोसाईटी, नारायणपुर उपशाखा र नारायणी साकोसको संयुक्त आयोजनामा बृहत खुल्ला रक्तदान कार्यक्रम राखिएको संयोजक अधिकारीले जानकारी दिए ।