चितवन । नेपाल नेत्रज्योति संघ, भरतपुर आंँखा अस्पतालका सूचना अधिकारी रमेश घिमिरे सम्मानित भएका छन । घिमिरे लामो समयदेखि अस्पतालको नेत्र अधिकृतको रुपमा रहेर उनले गरेको योगदानको उच्च मुल्यांकन गर्दै प्रमाणपत्र,पुरस्कार सहित सम्मानित भएका हुन् ।
उनलाई नेपाल नेत्र ज्योति संघ, केन्द्रिय प्राडा चेतराज पन्त, गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ्ग र संघका महासचिव भरत बहादुर चन्द ले संयुक्त रुपमा सम्मान गरेका हुन् । घिमिरे भरतपुर अस्पतालमा रहेर दुई दशकभन्दा बढी निरन्तर सेवा गर्दै आएका छन । अस्पतालका कर्मचारीहरु मध्ये उनी कुशल ,अब्बल कर्मचारीको रुपमा चिनिदैं आएका छन ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु