चितवन। चितवन कांँग्रेस माझ प्रिय र रोजाईमा परेका शंकर कंडेलले भरतपुर महानगरपालिकाको मेयर पदमा उम्मेदवारी घोषणा गरेका छन । स्मार्ट सिटिको रुपमा चर्चामा रहेको भरतपुर महानगरको स्वरुप फेर्न योजनाका साथ अघि सरेका छन् , काँग्रेस नेता शंकर कंडेल । राजनिति र ब्यवसायमा स्थापित भएका कंडेलको नाम महानगरको मेयरको उमेदवारको रुपमा चर्चामा छ । नेपाली काँग्रेसका कार्यकर्ताका बीच स्वच्छ छवीको नेताका रुपमा कहलिएका कंडेलले विकासको ऐजेण्डा बोकेका छन् ।
को हुन कंडेल ?
नेपाली काँग्रेसको राजनितिमा सबै माझ लोकप्रिय नेता हुन् । सबैलाई समान ब्यवहार गर्ने कंडेल मिजासिला स्वभावका छन् । उनी आर्थिक प्रलोभनमा कहिल्यै परेनन् । १३ औ जिल्ला अधिवेशनमा निर्विरोध कोषाध्यक्ष भएका कंडेलले आफ्नो कार्यकाल आर्थिक रुपमा पारदर्शी बनाए । आफ्नो कार्यकलालाई चन्हारहित पार्टी बनाउन सफल भए । उनले कुनै पनि ब्यवसायीक संस्थासंग चन्दा नउठाई काम गरेका थिए । आर्थिक रुपमा सबल बनाएर कार्यक्रम सम्पन्न गरेका थिए । कार्यकर्ताहरुले उनको प्रसंसा गर्छन् ।
काँगे्रेसका क्रियासिल सदस्यहरु कंडेलको नेतृत्व चाहन्छन् । कंडेल मेयर बनेमा विकास हुने अपेक्षा छ । ब्यवसायीक रुपमा सफल भएका कारण पनि उनी कुनै प्रलोभनमा नफस्ने भन्दै तल्लो तहका कार्यकर्ताहरु उनको नेतृत्व हुनुपर्ने धारणा छ ।
२०४७ सालमा नेबिसंघबाट उनले राजनिति सुरु गरेका हुन् । तत्कालिन भरतपुर महानगरपालिका वडा नम्बर ८ को नेबिसंघ अध्यक्ष भएर राजनितिमाको थालनि गरेका थिए । त्यसपछि उनले पदिय जिम्मेवारीमा कम बसेपनि हरेक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका छन् । २०४९ सालमा नेपाल ट्रेड युनियन काँग्रेसको जिल्ला सदस्य, २०५८ सालमा नेपाल ट्रेड युनियन काँग्रेसको महाधिबेशन प्रतिनिधि एबं ट्रेड युनियन तथा मानवअधिकार बिभागको केन्द्रिय सदस्य भएर काम गरिसकेका छन् । मुलुकको राजनैतिक परिवर्तनका लागी भएका आन्दोलनमा देशको राजनैतिक घटना क्रम संगै काँग्रेसले गरेका हरेक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका छन् । २०५२ सालमा नेपाली काँग्रेस वडा कमिटिको सचिब भएका थिए ।
उनी आफुलाई भन्दा बढी पार्टीलाई परिचित बनाउन लागि परेका छन् । उनी १४ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर महाधिवेशन प्रतिनिधि भएका थिए । त्यसपछि उनी महासमिति सदस्य बनेका हुन् । उनले पार्टीमा कुनै पदको चाहना गरेनन् । उनले महानगरको मेयरको टिक पाए जित्ने दावी गरेका छन् । विकासको लागी सम्झौता नगर्ने उनले बताएका छन् । आफ्नो जीवनमा महानगरको विकास गरेर उदाहरणीय काम गरेर देखाउने उनको चाहना छ । पार्टीका मेयरका आकाक्षीहरु मध्ये कंडेललाई भिजन भएका नेताको रुपमा चिनिन्छ । यही बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा आफुलाई मेयरको रुपमा दावी गरेका हुन् ।