चितवन । आसन्न स्थानीय निर्वाचनको लागि नेपाली कांँग्रेसले देशभर विभिन्न प्रचारप्रसार समिति, उपसमिति गठन गरेको छ । सोही अनुसार केन्द्रिय कार्यालय,ललितपुरले स्थानीय निर्वाचन सामाजिक सञ्जाल प्रचार उपसमितिको सदस्यमा चितवनका प्रभावशाली विद्यार्थी नेता दिनेश पौडेललाई चयन गरेको छ पार्टीको २०७८ चैत्र २२ गतेको वैठकको निर्णय अनुसार समितिका संयोजक डाक्टर प्रकाश शरण महतले पार्टीका केन्द्रिय सदस्य राजेन्द्र कुमार केसीको संयोजकत्वमा गठन भएको नेपाली कांँग्रेस सामाजिक सञ्जाल उपसमितिमा चितवनका पौडेललाई मनोनयन गरिएको हो ।
पौडेल चितवनको राजनीतिमा खरो, निडर र स्पष्ट वक्ताका रुपमा परिचित छन । उनी नेपाली कांँग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ,चितवनका उपाध्यक्ष हुन् ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु