चितवन । ग्राण्ड मल्टि इन्टरटेनमेण्ट हाउस प्रालिले चितवनमा लिटिल च्याम्प कम्पिटिसन सम्पन्न गरेको छ । शनिबार भरतपुरमा यस कम्पिटिसनको फिनाले गरिएको थियो ।बालबालिकाको नेतृत्व तथा व्यत्त्वि विकास गर्ने उद्धेश्य सहित नृत्य र तथा गायन प्रतियोगिता गरिएको हो । सो प्रतियोगितामा ३ बर्षदेखि १२ बर्षसम्मका चितवन जिल्लाका विभिन्न स्कुलमा अध्ययनरत विद्यार्थीहरुले भाग लिएका थिए । प्रतियोगितामा ३० जना सहभागीमध्ये १८ जनालाई अडिसन्समार्फत र सेकेड राउण्डमा ग्राण्ड फिनाले मा छनौट गरिएको थियो ।
लिटिल च्याम्प कम्पिटिसनको ‘वीनर’ प्रेमबस्ती स्कुलका विद्यार्थी आरभ धामी बनेका छन । यस्तै फष्ट रनरअपमा अर्किड स्कुलको श्रेया अग्रवाल, सेकेण्ड रनरअपमा सोही स्कुलका आरोही यादव र थर्ड रनरअपको उपाधी अंकिता उपाध्यायले प्राप्त गरेकी छिन ।
आयोजकका अनुसार वीनरले २० हजार र फष्ट रनरअपले १२ हजार , सकेण्डले रनरअपले ८ र थर्ड रनरअपले ४ हजार नगद सहित प्रमाण पत्र , गिफ्ट, अवार्ड , बुक प्राप्त गरेका थिए । कम्पिटसनको अडिसन्स चैत्र ५ गते लिईएको र बैशाख ३ गते ग्राण्ड फिनाले सम्पन्न गरिएको ज्ञान मल्टि ईन्टरनेसनलकी प्रबन्ध निर्देशक रिता लोहनी ले जानकारी दिइन ।
सो कार्यक्रमको प्रमुख अतिथिमा युवा उद्यमी तथा जय सन्तोषी मांँ सुनचांँदी शोरुमका सञ्चालक रुवीन रामुदामु रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रामदामुले बालबालिकाहरुलाई किताबी ज्ञान मात्र नभई यस्ता कार्यक्रममा सहभागी गराउनु अनिबार्य रहेको बताए । ‘नृत्य, गायन प्रतियोगिताले बच्चाहरुको नेतृत्व, व्यक्तित्वको विकास गर्छ उनले भने, उनीहरुको क्षमता , प्रतिभा देखाउने यो एउटा प्लेटफर्म पनि हो ।’ ग्राण्डले जिल्ला भरिका बालबालिकाहरुलाई एउटै थलोमा अतिरिक्त क्रियाकलापमा सहभागी गराई प्रतिस्पर्धा गराई प्रतिभाको प्रष्फुटन गराउन टेवा मिलेको रामुदामुको भनाई छ । पछिल्लो समय बालबालिकाहरु डिजीटल र भर्चुवल दुनियांँमा अभ्यस्त भईरहेको भन्दै प्रमुख अतिथि रामुदामुले यस्ता कार्यक्रमले बालबालिकाको शारिरीक तथा मानिसक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने समेत बताए । सो अवसरमा विभिन्न व्यत्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रमको अन्य अतिथिमा सेन्ट्रल कलेजका वाईवी पौडेल, विभिन्न विद्यालयका शिक्षक लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सभापतित्व जमुना शाहीले गरेकी थिइन ।