चितवनः यही बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा बिभिन्न व्यक्तिहरुले बिभिन्न पदमा आफ्नो दाबी गर्दै आएसंँगै भरतपुर महानगरपालिका वडा नम्बर १२ का २९ बर्षिय बिरेन्द्र केसीले उपप्रमुखमा आफ्नो दाबी प्रस्तुत गर्नु भएको छ ।
बिद्यार्थी कालदेखि राजनीतिमा लाग्नु भएका केसी अहिले नेपाल तरुणदलको जिल्ला सदस्य हुनुहुन्छ । केसी युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नु पर्छ भन्ने अभियानका साथ आफ्नो दाबी प्रस्तुत गरेको केसी बताउनुहुन्छ । नेपाली काँग्रेस भरतपुर महानगरले आवेदन माग गरे बमोजिम केसीले आफ्नो इच्छा व्यक्त गरेको आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिनुभयो ।
नेपाली काँग्रेस भरतपुर महानगरपालिका वडा नम्बर १२ को सल्लाहाकार समेत रहनु भएका केसी नेपाली काँग्रेस देशको पुरानो पार्टी भएको र नेतृत्व हस्तानतरण समेत सुरु भईसकेकाले आफुले टिकट पाउनु पर्ने उहाँको तर्क थियो । नेपाली कांँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत देशभर युवाहरुको नेतृत्वको लहर चलेको भन्दै स्थानीय निर्वाचनमा आफू होमिएको उहांँले बताउनु भयो । आफूले टिकट पाए युवाहरुको नेतृत्व गर्दै महानगरवासीको चाहना बमोजिम काम गर्ने बताउनुभयो ।
राष्ट्रियता जोगाउँदै जनतालाई शान्ति सुरक्षा दिने, प्रजातन्त्रको दिगो बिकास र मानवअधिकारको रक्षा गर्नका लागि काँग्रेस बाहेक अन्य कुनै बिकल्प पार्टी नभएकाले आँफुले काँग्रेसबाट उम्मेदवारीको आकंक्षा राखेको उहाँको भनाई थियो । नेतृत्व युवा पुस्तालाई हस्तानतरण गर्दै जानुपर्ने अबस्थामा राज्यभरी युवाहरु अग्र पंङ्तिमा देखिएको भन्दै उहाँले युवाहरु सक्षम ,अध्ययनशिल हुन्छन् र पार्टीको बारेमा जानकार राख्ने गरेकाले अब काँग्रेसले हरेक स्थानमा युवालाई जोड्नु पर्ने बताउनुभयो । यसै सन्दर्भमा युवा पुस्ताहरुलाई पनि जिम्मेवारीमा ल्याउनु पर्छ भन्ने मुल उद्धेश्यका साथ आँफुले उम्मेदवार बन्ने इच्छा पार्टीमा प्रकट गरेको उहाँको भनाई थियो । ‘महानगरको भौतिक बिकास मात्रै नभएर समाजिक, आर्थिक बिकासमा समेत जोड्नका लागि मेरो उम्मेदवारी हो उहाँले भन्नुभयो “हरेक सामाजिक काममा युवा पुस्तालाई अघि नसारे सम्म देशको बिकास र काँग्रेस प्रतिको आस्था, बिश्वास कम्जो वन्दै जाने खतरा बढ्दै गएको छ । ”
आफ्नो उम्मेदवारी युवा पुस्ताको समस्या समाधानका लागि मात्रै नभएर महानगरको मुहार परिवर्तन गर्न रहेको उहाँले बताउनुभयो । महानगरलाई स्मार्ट सिटिको रुपमा बिकास गर्दै पर्यटन,कृषि, औद्योगीक क्षेत्र संगै अन्य क्षेत्रहरुको बिकासमा समेत सबै संग हातेमालो गर्दै अघि वढ्नु पर्ने समय आएको उहाँले बताउनुभयो । भरतपुर महानगरको नेतृत्व गर्न नेपाली काँग्रेसबाट प्रमुखमा २५ जना र उपप्रमुखमा २४ जनाको दावि रहेको छ । पार्टीको निर्णय आफुले मान्ने भन्दै उहाँले न्यायोचित निर्णय हुनेमा विश्वस्त रहेको बताउनुभयो ।