चितवन । मुलुकभर निर्वाचन भईरहेको बेला अधिकांश नेता , कार्यकर्ता , मतदाताको भने चितवनमा बढी ध्यान खिचिएको छ । मुलुककै प्रभावशाली नेता तथा पूर्व प्रधानमन्त्रीको गृहजिल्ला भएर पनि सबैको ध्यान खिचिनु स्वभाविकनै हो । त्यसोत गत स्थानीय निर्वाचनमा मतपत्र च्यातेर चर्चामा आएको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको भरतपुरको मेयरमा पुन: रेनु दाहालले मनोनयन दर्ता गरेपछि एकाएक चितवनको चुनाव थप तातिएको छ । गठबन्धनले रेनु दाहाललाई समर्थन गरेपनि गठबन्धन विरोधी कांँग्रृसको स्वतन्त्र उम्मेदवारको रुपमा जगन्नाथ पौडेललले मनोनयन दर्ता गरेपछि चितवन थप तरङ्गित भएको हो । मनोनयन दर्तापछि चितवनको राजनीतिमा विवाद र आलोचनन भईरहेका बेला यसलाई मत्थर पार्ने उद्धेश्य सहित प्रचण्ड सुटुक्क चितवन आएर गएका छन ।
करिब ३ घण्टाको चितवन बसाईमा उहाँले नेपाली काँग्रेसका जिल्ला सभापति, भरतपुर महानगरपालिकाका उपप्रमुखको उम्मेदवार लगाएतका जिल्ला नेताहरुलाई भेट गरेका छन ।
काँग्रेस चितवनमा देखिएको असन्तुष्टि कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने बिषयमा छलफल भएको भेटमा सहभागी एक नेताले बताए । काँग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार प्रचण्डले काँग्रेस भित्रको असन्तुष्टि मिलाउन आग्रह गरेका थिए । ‘प्रचण्ड जी आउनु भएको थियो । अहिले गठवन्धन प्रति देखिएको असन्तुष्टि, बिबाद व्यवस्थापन कसरी गर्ने भन्ने बिषयमा सोध्नु भयो । मैले पहिला मेरो पार्टीलाई जानकारी गराउँछु । अनि सल्लाहा गरौला भनेको छु ।’ खनालले भने
गठवन्धनका कारण काँग्रेस चितवन कमजोर बनाउन खोजिएको र बारम्बार एउटै व्यक्तिलाई दिईएको भन्दै काँग्रेसका कार्यकर्ताहरुमा व्यापक असन्तुष्टि पैदा भएको छ । जसका कारण गठवन्धनले निर्वाचन हार्छकी भन्ने त्रास काँग्रेस माओवादी बृत्तमा चलिरहेको समयमा प्रचण्ड चितवन आएर पार्टी सभापति र महानगर उपप्रमुखका उम्मेदवारलाई भेट्नुले स्थानीय तहको निर्वाचन लक्षित हो भन्ने प्रष्ट हुन्छ ।