काठमाडौं । हुम्लामा एकजना म्यादी प्रहरी मृत भेटिएका छन् ।
सर्केगाड गाउँपालिका ६ घर भएका ४५ वर्षीय जसबहादुर रोकाया मृत अवस्थामा भेटिएका हुन् ।
उनी सिमकोट माथिल्लो बजारस्थित साथीको कोठामा मृत भेटिएको हुम्लाका प्रहरी नायव उपरीक्षक हेरम्भ शर्माले जानकारी दिए ।
घटनाबारे अनुसन्धान भइरहेको उनले बताए । रोकाया आगामी निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना भएका थिए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु