चितवन । आसन्न स्थानीय निर्वाचनलाई लक्षित गर्दै भरतपुर महानगरपालिकाका पांँच दलीय गठबन्धनले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन । आज भरतपुरमा आयोजित कार्यक्रममै उनीहरुले एसियाकै नमुना शहर र नगरवासीलाई सम्पुर्ण सुविधा उपलब्ध गराउने विशेष योजना सहितको प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।
भरतपुर नगर समितिले तयार गरेको घोषणापत्र भरतपुर महानगर मेयर पदका प्रत्यासी रेनु दाहाल र उपमेयर पदका प्रत्यासी चित्रसेन अधिकारीले आज संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । ‘विगतको गठबन्धनको गौरवपुर्ण ५ वर्षको आधार, वर्तमान गठबन्धन समृद्ध भरतपुरको परियोजनाकार’ भन्ने नाराका साथ सार्वनजिक गरिएको प्रतिबद्धतापत्रमा निर्माणाधिन आयोजनाहरु सम्पन्न गर्न, भुमिहीनका समस्या समाधान गर्न, १२ कक्षा सम्म निःशुल्क शिक्षा, छोरी शैक्षिक विमा कार्यक्रम, स्थानिय सीप, श्रोत, पुँजी र पहिचानलाई परिचालन गर्दै औद्योगिकरण मार्फत रोजगारी सिर्जना गर्नेसँगै वडामा सुविधासम्पन्न अस्पताल तथा बृद्ध र अशक्तहरुलाई घरघरमै स्वास्थ्य सेवा पु¥याउने प्रतिबद्धता व्यक्त गरिएको छ ।
सार्वजनिक गरिएको प्रतिबद्धतापत्रमा नीतिगत सुधार एवं आगामी कार्यकालमा गरिने कार्यहरु बुँदागत रुपमा उल्लेख गरिएको छ । प्रत्यासीहरुले आगामी कार्यकालमा भरतपुरलाई सुशासन र सेवा प्रवाह–डिजिटल महानगर, एशिलायी मापदण्डको भौतिक पूर्वाधार, नारायणी नदीमा २५० मेघावाट विद्युत उत्पादन, सबैको लागि गुणस्तरिय शिक्षा, हरेक वडामा अस्पताल–स्वास्थ्य क्षेत्रमा समाजवाद, पर्यटन ः स्वरोगजारको आधार, कृषि र किसान पेन्सन कार्यक्रम, बेरोजगारी मुक्त भरतपुर, केही महिनाभित्रै ईलेक्ट्रिक बस संचालन, समृद्धिका लागि वन कार्यक्रम, सक्षम, स्वस्थ्य र सुरक्षित महिला एवं बालबालिका, भरतपुर देशकै खेलकुद केन्द्र, फोहोरको स्मार्ट व्यवस्थापन, दलित राहत कार्यक्रम लगायत विशेष कार्यक्रमहरु संचालनमा ल्याईने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेतृत्व परिक्षण सफल भईसकेकाले पनि केही महात्वाकाक्षीं योजनाहरु ल्याएको र आउदो कार्यकालमा अहिले गरिएका प्रतिबद्धता एवं कार्यक्रमहरु सफल बनाएरै छाड्ने उल्लेख गरिएको छ ।
त्यस्तै प्रतिबद्धतापत्रमा नितिगत तर्फ महानगरको विकासमा कोही पक्ष–प्रतिपक्ष नभई राजनितिक सहमती, सहकार्य र समन्वयमा अघि बढने, महानगरको समृद्धिका आधारः दक्ष मानव संशाधन, पर्यटन, कृषि र औद्योगिकीकरण हुने, महानगरिय योजना आयोग गठन गर्ने, महानगरलाई बेरोजगार मुक्त बनाउन प्रत्येक श्रमिकलाई दक्ष र व्यवसायिक बनाई रोजगारी दिने, बरोजगार सहायता केन्द्र स्थापना गरि रोजगारीका लागि सूचना प्रवाह गर्न व्यवस्था मिलाउने, खाद्यान्न अभावमा जीवन जोखिममा पर्ने परिस्थितीको अन्त्य, कृषिलाई व्यवसायीकरण, औद्योगिकीकरण, विविधीकरण र आधुनिकीकरण गर्ने, आमसंचारलाई स्वच्छ, स्वस्थ्य, निष्पक्ष, मर्यादित, जिम्मेवार र व्यवसायिककरण बनाउने, सहकारीलाई उत्पादन र बजारसंग जोडदैं ‘मेड इन भरतपुर’ को अभियान चलाईने, वन्यजन्तुबाट मानववस्तीमा हुने जनधनको क्षति हुन नदिन विशेष संरक्षण योजना बनाउने उल्लेख छ ।
सो अवसरमा बोल्दै मेयर पदकी उम्मेदवार रेनु दाहालले प्रतिबद्धता पत्र महात्वाकांक्षी भएपनि पुरा हुनेमा शंका नगर्न आग्रह गर्नुभयो । ‘अघिल्लो कार्यकालमा पनि कैयौं बिषयमा प्रतिबद्धता पत्र भन्दा बढी काम भएको छ । कतिपय ठूला योजना निमार्णाधीन छन , उहांँले भन्नुभयो , पालिकाको बजेटले त पुरा हुन सम्भव देखिदैन । प्रदेश र केन्द्रका बजेट ल्याएरपनि पुरा गर्छौं ।’ आफूले भरतपुर महानगरलाई समृद्धि बनाउने अभियानमा ठूलो त्याग र अनुभव बटुलेको भन्दै उहांँले यी योजनाहरु सम्पन्न हुने बिषयमा ढुक्क हुन आग्रह गर्नुभयो ।