खैरहनी । चितवनको खैरहनी नगरपालिका वडा नं ४ मा गठबन्धनका उमेदवारहरुले मङ्गलबार पनि घरदैलोलाई निरन्तरता दिएका छन् ।
गठबन्धनबाट नेपाली कांग्रेसका तर्फबाट मेयर पदका उमेदवार शशी कुमार खनिया र नेकपा माओवादीको तर्फबाट उपमेयर पदका उमेदवार लक्ष्मी ढकाल तथा वडाध्यक्षका उम्मेदवार नारद बरुवाल सहितका उमेदवारहरुले घरदैलो गरी मत मागेका हुन । घरदैलौमा सयौं नेता कार्यकर्ताका साथ गएका गठबन्धनका उम्मेदवारले मतदाता उत्साहित भएको बताएका छन । यो संगै गठबन्धनले आफ्नो जित सुनिश्चित भएको दाबी गरेको छ ।
गठबन्धनबाट वडा सदस्यका उमेदवारहरु बाहादुर गुरुङ्ग , राम बाहादुर थापा मगर महिला सदस्य गोमा उप्रेती र दलीत महिला सदस्य सपना परियार पनि घरदैलोमा सहभागी थिए । मतमाग्न घरदैलोमा पुगेको उमेदवारहरुलाई वडाबासीले स्वागत तथा आर्शिवाद दिदै शशी खनियाको नेतृत्वमा खैरहनी नगरपालिकाले आमूल परिवर्तन गर्ने र ग्रामीण भेगको बिकासमा उहाको टिम लागि पर्ने बिश्वास ब्यक्त गरेका छन।
भौगोलिक हिसाबले सुन्दर रहेको खैरहनी ४ को पर्यटनलाई विस्तार गरि कुमरोजमा आएको पर्यटकलाई कन्काली ल्याएर होमस्टे निर्माण गरि यहाको पर्यटन विस्तार र कृषि उपजको प्रवर्द्धनमा आफू लागिपर्ने मेयर पदका उम्मेदवार खनियाले बताए । खैरहनि ४ को मेलमिलाप चोक, चामेडाडा, लाफागाउ, सुर्योदय टोल, गैडेआहाल, पुलचोक लगायतका स्थानमा वडाबासी मतदाताले गरेको स्वागत हौसला र उहाँहरुले आफुप्रती देखाएको भरोसाका कारण आफु उत्साहित भएको खनियाले बताए ।
उपमेयर पदका उमेदवार लक्ष्मी ढकालले पाँच बर्षको अबधिमा यश क्षेत्रको पर्यटन विस्तार लगायतका कार्यमा नगरले ध्यान नपुर्याएको भन्दै कन्काली सामुदायिक वनमा पर्यटन प्रवर्दन गरि यहाको विकासलाई पुरा गर्ने र यहाका समस्यालाई समाधान गर्ने दृढ संकल्पको साथमा आफुले उमेदवारी दिएको बताए । ‘हामी नगरबासीको जनचाहना बमोजिक काम गर्न मैदानमा आएका हौं उनले भने, यसको हामी प्रतिबद्ध छौं ।’
वडाध्यक्ष पदका उम्मेदवार नारद बरुवालले बेल्सी पुल देखि भुतिया खोलासम्म औधोगिक करिडोर निर्माण,कयर खोलामा तटबन्ध,सामुदायिक विधालयको स्तरोन्नति लगायतका कार्यलाई प्राथमिकतामा राख्दै समाधान गर्न आफू र आफ्नो टिमलाई मतदान गर्न आग्रह गरेका छन।
३१०२ मतदाता रहेको सो वडामा यश अघि भएको स्थानिय निर्वाचन र उपनिर्वाचनमा पनि नेपाली काङ्ग्रेसले नै वडा अध्यक्ष लगायत सम्पुर्ण पदमा विजय हासिल गरेको थियो।
खैरहनी नगरपालिकाका नगर सभापति गुणराज श्रेष्ठले नगरको १३ वडामा घरदैलो कार्यक्रम संचालन भैरहेको र स्थानीयको उल्लासपुर्ण सहभागीताले काङ्ग्रेस सहितको गठबन्धनले मेयर उपमेयर सहित १३ वटै वडामा जितको नजिक पुगेको बताए।