चितवन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनका कांँग्रेसले अहिले हसिया हथौडामा भोट हाल्न आग्रह गर्नुभएको छ । उहाँले संघीयता विरोधीलाई परास्त गर्न गठबन्धन आबश्यक रहेको बताउनु भयो । ‘रुखवालाले हसिंया हथौडामा हाल्न निकै गाह्रो देखें, तराईतिर पनि तेस्तै देखें, उहांँले भन्नुभयो, अहिलेको परिवेषमा हसिंया हथौडामा भोट हाल्न गाह्रो गर्नुभयो भने देश दुर्घटनामा जान्छ ।’
आफू एकातिर गतिशिलि र अर्कोतिर आफू अस्थिर देखिएपनि सबैलाई शंका नगरी सकारात्मक पक्षले हेर्न आग्रह गर्नुभयो । ‘यो गठबन्धन राष्ट्रको, जनताको आवश्यकता हो र लोकतन्त्र र विकास समृद्धिको आवश्यकता हो ।’ उहांँले भन्नुभयो । गठबन्धनलाई जिताएको खण्डमा यो गठबन्धन १०, १५ सम्म जाने उहांँले बताउनु भयो । आफूले केपी ओलीको निरंकुश प्रवृत्तिलाई परास्त गर्न गठबन्धन गर्न आवश्यक रहेको बताउनु भयो । उहांँले कांँग्रेसका असन्तुष्टि पक्षलाई ईंगित गर्दै गठबन्धनमा साथ दिन आउन गर्नुभयो । ‘लकिरको फकिर भएर लोकतन्त्रको रक्षा हुंँदैन उहांँले भन्नुभयो, सहकार्य सहमति ,मेलमिलाप अहिलेपनि आवश्यक छ ।’ उहांँले भन्नुभयो ।
आफूलाई विश्वास गर्न सबैलाई उहांँले आग्रह गर्नुभयो । ‘म तेही पात्र हो जसले युद्धलाई शान्तिमा ल्याएको त्यही पात्र हो ।’ उहांँले भन्नुभयो । आफूले केपी ओलीबाट धोका पाएको भन्दै ओलीबाट सांँढे तीन बर्षमा केही नपाएको तर ज्ञान प्राप्त गरेको बताउनु भयो ।
लकिरको फकिर भएर लोकतन्त्रको रक्षा हुंँदैन : प्रचण्ड
लकिरको फकिर भएर लोकतन्त्रको रक्षा हुंँदैन : प्रचण्ड
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु