खैरहनी । खैरहनी नगरपालिका वडा नम्बर १३ मा गठबन्धनले घरदैलो कार्यक्रमलाई तीब्रता दिएका छन । घरदैलो गर्नेक्रममा एमाले समर्थक कार्यकताृ तथा मतदाता नेपाली कांँग्रेस प्रवेश गरेका हन् । उनीहरुलाई अबीर फूलमालाका साथ पार्टी प्रवेश गराईएको थियो । उनीहरु एमाले लगायत अन्य दलहर्रु परित्याग गरि १५ जना नेपाली काङ्ग्रेसमा प्रवेश गरेका खैरहनीका गठबन्धनका मेयर पदका उम्मेदवार शशी खनियाले जानकारी दिए । कांँग्रेस प्रवेश गर्नेहरुमा कृपा घिमिरे ,सम्झना घिमिरे, सुनिता चौलागाईं, तिलकुमारी बिक, शर्मिला चौलागाईं, दुर्गा कार्की, सिर्जना कट्टेल, जमुना नेपाली, उमा कट्टेल, रमा कट्टेल, सीता कट्टेल, उजेलि तमाङ्ग, बिमला तमाङ्ग र साहिल शर्मा रहेका छन।देशको परिवर्तन काङ्ग्रेस बाहेक अरुले गर्न नसक्ने भन्दै काङ्ग्रेसमा आबद्द भएको उनिहरुले बताएका हुन् ।
नेपाली कांग्रेसको तर्फबाट मेयर पदका उमेदवार शशी खनिया , माओवादीको तर्फबाट उपमेयर पदका उमेदवार लक्ष्मी ढकाल, वडा नं १३ का वडाध्यक्ष पदका उमेदवार सानोकाजी कुवर सहित वडा सदस्य पदका उमेदवारहरु खुलातर्फ जीवन कार्की, रेमकुमारी श्रेष्ठ महिला तर्फ भिममाया तमाङ्ग र दलित तर्फ फुलकुमारी विकले विहीबार वडा नं १३ मा घरदैलो गरी वडाबासीहरुसंग मत मागेका थिए ।
घरदैलो पछि आयोजित कार्यक्रममा मेयर पदका उमेदवार खनियाले कुमरोजमा पर्यटन प्रवर्द्धन र बिस्तार गरि थप सम्भाब्यताको खोजी गरिदै यहाँको मुल समस्याको रुपमा रहेको मानव बन्यजन्तुको द्वन्द न्यूनीकरणमा आफ्नो मुख्य भुमिका रहने भन्दै सुकुमबासीलाई लालपूर्जा वितरण र बस्ती व्यवस्थापनको कामलाई प्राथमिकताका साथ अगाडि बढाउने बताए ।
उपमेयर पदका उमेदवार ढकालले जनप्रतिनिधिले पाँच बर्षमा गर्न नसकेको काम आफुहरुले गर्ने संकल्पका साथ चुनाबी मैदानमा होमिएको बताए ।
वडाध्यक्ष पदका उमेदवार कुवंरले पर्यटनको माध्यमबाट आयआर्जन र रोजगारी सृजना गर्न आफुहरु प्रतिबद्ध रहेको बताए। घरदैलोमा गठबन्धनका दलहरुका नेता तथा कार्यकर्ताहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।
३२६१ मतदाता रहेको खैरहनी १३ मा यसअघि सम्पन्न स्थानीय तहको निर्वचनमा वडा अध्यक्ष सहित सम्पुर्ण पदमा नेपाली काङ्ग्रेसका उमेदवारहरु विजयी भएका थिए।