भरतपुर । भरतपुर महानगरपालिका वडा नम्बर २ अन्तर्गत आज सुकुम्बासी टोल अन्तर्गत इन्द्रेणी टोल र मिलन टोलमा गठबन्धनका उम्मेदवारहरुले घरदैलो गरेका छन । उनीहरुले दुबै टोल गरी करीब २५० घरदैलो घरी वडाका भूमिहिनसंँग मत मागेका हुन् । सधैभरी निराश हुने त्यो टोलमा गठबन्धनको उमेद्वार सहित आज नेता कार्याकर्ताले भेटेपछि उनीहरु उत्साहित भएका छन । बत्तीको मुनिको अध्यारो जस्तो देखिने त्यो टोलमा दशकौंदेखि भुीमहिनले बसोबास गर्दै आएका छन । अघिल्ला निर्वाचनमा दुःखी भएका र असन्तुष्टी देखिएका उनीहरु केही महिना देखि भुमि आयोग, चितवन र भरतपुर महानगरपालिकाको समन्वयमा लालपुर्जा र निस्सा वितरण गरेपछि खुशी भएका हुन् । घरदैलो गर्ने क्रममा इन्द्रेणी टोलमा साढे ४ दशकदेखि बस्दै आएका सुक बहादुर तामाङ्ग निस्सा पाईसकेको र लालपुर्जा आउने क्रममा रहेको बताए । ’निस्सा त पाईसक्यो, अब चुनावपछि लालपुर्जा पाईएलानी । ’तामाङ्गले भने । बर्षौदेखि जग्गा नपाएर अहिले बल्ल रेनुदाहाल र प्रचण्डको पहलमा आफूले निस्सा पाएको उनको भनाई छ । ‘हामीले बस्न खान पाउनु पर्यो , अरु भनेको देशको विकास हुनुपर्यो । ’तामाङ्गले भने ।
उनीजस्तै अर्की भूमिहिन पूर्णमाया तामाङ्ग पनि जग्गाको निस्सा पाएर दंग छिन । वडा अध्यक्ष मनोज रानाभाटसहित गठबनन्धन घरदैलोमा आउंँदा उनले अबीर लगाएर स्वागत गरिन । सो क्रममा उनले प्रतिक्रिया दिदै भनिन,‘हामीलाई अबपनि मेयर रेनु दाहाल चाहिन्छ , वडामा मनोज रानाभाटनै चाहिन्छ । अरुलाई भोट दिदैनौं ।’ वडा अध्यक्षका उम्मेदवार मनोज रानाभाट जित्दा समग्र सुकुम्बासी को हित हुने उनीहरुको तर्क छ । सो टोलका सचिव सानुरामु वडा अध्यक्ष का उम्मेदवार रानाभाटले कोरोनाको समयमा सबै सुकुम्बासीहरुलाई राहत सामाग्री तथा आयआर्जनका लागि कुखुराका चल्लाहरु वितरण गर्नुभएकोले जित भएपछि सुकुम्बासीले थप सहयोग आशा गरेको बताए । ‘अहिले भरतपुर महानगरपालिका रेनु दाहालले विकास प्रेमी भएको र वडा अधयक्ष युवा जोश जांँगर भएको समाज सेवाप्रेमी भएकोले पनि रानाभाटलाई भोट दिन्छौं , दिनुपर्छ । ’रामुले भने ।
सो क्रममा बोल्दै वडा अध्यक्ष उमेद्वार रानाभाटले आफूले गरेका प्रतिबद्धता पुरा गर्ने वाचा गरे । ‘मेरो यो टोलमा सार्नैदेखि रगत पसिना भिजेको छ । मैले सक्दो सहयोग पनि गर्दै आएको छु । त्यसैले पनि उहांँहरुले भारी मत दिएर जिताउनु हुनेछ ।’ रानभाटले भने । भूमिहिनको पूर्णसाथ सहयोग र उनीहरु उत्साहित भएकोले पनि आफ्नो जित सुनिश्चित रहेको उनको भनाई छ ।