खैरहनी। नेपाली काङ्ग्रेस सहितको गठबन्धनले खैरहनी नगरपालिकामा गरेको घरदैलोमा स्थानीयको व्यापक सहभागिता देखिएको छ। शनिबार खैरहनी वडा नम्बर १० मा भएको घरदैलोमा स्थानीयको व्यापक जनलहर छाएकोे हो ।
घरदैलो कार्यक्रममा बोल्दै मेयर पदका उमेदवार खनियाले आफू जनताको मेयर बन्न मैदानमा आएको र आफुलाई मतदाताको भावनामा खेल्ने कुनै छुट नभएको भन्दै आफू हरेक समस्या समाधानमा अहोरात्र लागि पर्ने बताए । खैरहनी नगरपालिकाको १३ वटै वडाका समस्या र यहाको सम्भाव्यता संँग आफू परिचित रहेको भन्दै गठबन्धन बाट मेयर पदका उमेदवार खनियाले यौटा स्पष्ट खाका र गुरुयोजनाको साथमा आफू समृद्ध र विकसित खैरहनी निर्माणमा जुट्ने उनले बताए ।
खैरहनीको पर्यटकिय हब बन्दै गरेको कुचकुचे सामुदायिक वनको पर्यटन प्रवर्द्धनमा स्थानीय सरकारले यो ५ बर्षमा उल्लेख कार्य नगरेको र बिकास निर्माणमा सोचे अनुरुपको सफलता हासिल नभएको भन्दै स्थानीयले नेतृत्व परिवर्तनको बिकल्प नरहेको उनको भनाई छ ।
घरदैलो कार्यक्रममा बोल्दै उपप्रमुख पदका उमेदवार लक्ष्मी ढकालले यश अघिको स्थानीय सरकारले झुटा आश्वासन बांँडेको भन्दै आफुहरु नगरका जनताको सुखदुःखको सारथि बन्दै नगर बिकासमा होमिने प्रतिबद्धता ब्यक्त गरिन ।
घरदैलो पछि आयोजित कोणसभामा बोल्दै वडा अध्यक्ष पदका उमेदवार चन्द्रबिक्रम चौधरीले आफू ठुला भासण दिन भन्दा पनि काममा बिस्वास राख्ने भन्दै अबको ५ बर्ष आफुले वडाको नेतृत्व गर्न पाए पर्यटकिय सम्भाब्यताले भरिएको १० नम्बर वडालाई नमुना वडाको रुपमा विकसित गरिे स्थानीयको मुहारमा खुशी छर्न लागिपर्ने बताए ।
५हजार ३७८ मतदाता रहेको खैरहनी १० मा नेपाली काङ्ग्रेसको तर्फबाट वडा अध्यक्ष पदमा स्थानीयले निकै रुचाएका चन्द्रबिक्रम चौधरीको नेतृत्वमा वडासदस्यहरुमा खुल्ला तर्फ नवराज पाठक र सुरेन्द्र चौधरी महिला तर्फ मिरा चौधरी र दलित महिला तर्फ गेयन्ती पासवान रहेका छन।