चितवन । आईतबार सांँझ सांँढे ७ बजे नेपाली कांँग्रेस दलित संघ,चितवनका पूर्व सदस्य एवं नेपाली कांँग्रेस वाग्मती प्रदेश प्रतिनिधि अनिल परियारको हत्या भएको प्रति तरुणदल चितवनले घोर भत्र्सना गरेको छ ।
आज तरुणदल चितवनका अध्यक्ष राजन तामा्रकार र सचिव प्रल्हाद उप्रेतीले विज्ञप्ति प्रकाशित गरी परियारको हत्या नियोजित र निर्वाचन विथोल्ने षडयन्त्र भएको ठहर गरेको छ । एमाले गठबन्धनको चुनावी सभा भएको २४ घण्टा नवित्दै परियारको हत्या हुनु ‘नेकपा एमाले निकट सदस्यको त हात छैन ?’ भन्दै आशंका व्यक्त गरिएको छ ।
‘केपी ओेलीको उत्तेजित भाषण हुनु, त्यसको २४ घण्टा नबित्दै घटना घट्नु ,कतै यस घटनामा एमाले निकटसदस्य को त संलग्नता छैन?’ विज्ञप्तिमा भनिएको छ । कृष्णपुर खेल मैदान नजिक परियारलाई खुर्सानीको धुलो छर्केर गरिएको निर्मम र पाशविक हत्याप्रति तरुण दल स्तब्ध र मर्माहत भएको जारी विज्ञप्तिमा उल्लेख छ ।
तरुणदलले यस जघन्य अपराधको घोर भत्र्सना गर्दै सत्य तथ्य छानविन गरी अविलम्व दोषी उपर कारवाही गर्न समेत प्रहरी प्रशासन समक्ष माग गरेको छ । विज्ञप्तिमा परियारको दिवंगत आत्माको ची रशान्ति कामना सहित शोकाकुल शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरिएको छ ।
अनिल परियारको हत्या घटनामा नेकपा एमाले संलग्नता भएको तरुण दलको आशंका
अनिल परियारको हत्या घटनामा नेकपा एमाले संलग्नता भएको तरुण दलको आशंका
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु