कुरिनटार । देश संघीय संरचनामा गईसकेपछि २०७४ बैशाखमा स्थानियतहको पहिलो निर्वाचन हुदै गर्दा चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाका अधिकांश जनता यो संरचनासंँग सङनै अनभिज्ञ थिए। धेरैले बुझेका थिए पुरानो गाविसको संरचना हुंँदा खेरीको जस्तै प्रणाली हो। तात्कालिन निर्वाचनको क्रममा विभिन्न पार्टीहरुले गाउँपालिका अध्यक्षको उम्मेद्वार घोषणा गर्दै गर्दा नेपाली कांग्रेसले आफ्नो महिला उम्मेद्वार बनायो गिता कुमारी गुरुङ्गलाई । सबैले चासो व्यक्त गरे “महिला पो उम्मेदवार यिनले जित्दिनन र जिते पनि काम गर्न सक्दिनन।” तर यथार्थ भै ठ्याकै उल्टो भईदियो । निर्वाचन भएको छोटो समयमै उनले ईच्छाकामनाको मुहार फेर्ने अठोटका साथ निरन्तर लागि रहीन ।
एकल महिला समेत रहेकी गुरुङले महिला भएकै कारण चुनाव नजित्ने र जितेपनी राम्रो काम गर्न नसक्ने भ्रम र आंकलनलाई यो पांँच बर्षमा गलत सावित गरिदिइन । त्यसो त देश भर स्थानिय तहमा प्रमुख पदमा निर्वाचित हुने महिला मध्य सफलताको हिसावले गिताकुमारी गुरुङको नाम अग्रपंक्तिमा नै आउँछ। विकट इच्छाकामनाको गाउँ गाउँमा प्रारम्भिक बिकासको मुल फुटाउन सफल गिताकुमारी गुरुङको ५ बर्षको कार्यकालमा सडकको विकास र विस्तारमा आमूल परिवर्तन आएको छ भने बिकट बिकटमा समेत सडक ट्रयाकले जोडिएको छ।
खानेपानीको हाहाकार रहेका बिभिन्न गाउँ र टोल टोलमा एक घर एक धाराको अपधारणामा पानीको समस्या उनले समाधान गरिन । प्रत्येक वडामा स्वास्थ ईकाइ संचालन गरेर जनताको प्राथमिक उपचारलाई सहज बनाउनुको साथै कुरिनटारको दारेचोक स्वास्थ चौकीलाई डाक्टर सहितको सेवा प्रदान गर्न सक्नी ल्याब समेतको स्थापना गरिन । त्यसैले अहिले सरकारी विद्यालयको शिक्षकको ब्यबस्थापनले शिक्षामा व्यापक सुधार आएको छ। कोरोना माहामारीमा नाम र चर्चा कमाएकी गुरुङ्गले भजिट इच्छाकामना, एक बोट १० को नोट जस्तो विभिन्न जनमुखी कामबाट जनताको मन जितिसकेकी छन ।
गुरुङको पाँचबर्षको कार्यकालमा कसरी बित्यो ? यी हुन् सम्झनायोग्य कामहरु
१) कृषिमा अनुदान
२)गरिबहरुको निस्शुल्क स्वास्थ्य बिमाको प्रारम्भ
३)बालिका बचत खाता कार्यक्रम सन्चालन
४।कोरोना महामारीमा पैदलयात्रीको उद्दार,
५)जनताका घरघरमा राहत कार्यक्रम,
६)कोरोना अस्पतालको निर्माण
७) रोजगारीको सिलसिलामा भारत तथा देशकै विभिन्न जिल्लामा लकडाउनको कारण घर आउन नपाएका जनताको उद्दार
७ )नर्वाचित भएर आएको पहिलो वर्षमा नै निजिस्रोतका शिक्षक र शिशु सहयोगी कार्यकर्ताको पारिश्रमिकमा सम्बोधन ८ )
हरेक वडामा सडक संजाल बिस्तार ७। एक घर एक धाराको अवधारणा
९) पानीको मुहानभन्दा माथि रहेका मानवबस्तीहरुमा लिफ्टिङ खानेपानीको व्यवस्था ९। पर्यटकिय बिकासको लागि धार्मिक, सांस्कृतिक,सामाजिक र प्राकृतिक स्रोत साधनहरुको उच्चतम प्रयोग संरक्षणमा विशेष जोड
१०)‘जनताको पहुँचमा स्वास्थ्य सेवा’ भन्ने नारालाइ सार्थक तुल्याउन हरेक वडामा स्वास्थ्य ईकाइको व्यवस्था
११) ४५ वर्ष नाघेका अविवाहित नारी र ६० वर्ष नाघेका एकल पुरुषको लागि मासिक भत्ताकी व्यवस्था
१२) हरेक वडामा विद्युत विस्तारको लागि बजेट विनियोजन
१३ )बेरोजगार युवाहरुको लागि प्राविधिक तालिमको व्यवस्था
१४) उज्यालो राजमार्गको लागि सडक सोलार बत्तीको व्यवस्था
१५)भ्रष्टाचार न्यूनीकरण
यसका साथै बिभिन्न उदाहरणिय काम बाट परिचित बनेको भुतपुर्व गाउँपालिका अध्यक्ष गिता कुमारी गुरुङ यहि ३० गते हुने स्थानिय तहको निर्वाचनमा पनि अध्यक्ष पदमा प्रतिस्पर्धा गर्दै छिन। गठबन्धनको साझा उम्मेद्बार गिताकुमारी गुरुङले आफुले जानी नजानी कसैको मन दुखाउने काम नगरेकोले गाउँपालिकामा भएको विकासको शुरुवातले जनता आफुसंँग खुसी रहेको कारण आफुले सहज जित हासिल गर्ने उनको दाबी छ ।