चितवन । नेपाली काङ्ग्रेस चितवनले अज्ञात समुहबाट हत्या गरिएका बागमती प्रदेश प्रतिनिधि अनिल परियारलाई शहिद घोषणा गर्न माग गरेको छ ।
नेपाली काङ्ग्रेस चितवनले आज एक बिज्ञप्ति जारी गर्दै उक्त घटनाको यथाशिघ्र सत्यतथ्य पत्ता लगाई दोषीमाथी कडा भन्दा कडा सजाय गर्न पनि सम्बन्धित निकायसंँग जोडदार माग समेत गरेको छ ।
नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनाल द्वारा जारी बिज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन प्रचारप्रसारको सिलसिलामा खटिरहेका व्यक्ति माथी सुनियोजित तरिकाले साङ्घातिक आक्रमण गरि विभत्स तरिकाले हत्या गरिएको घटनाले नेपाली कांग्रेस चितवनलाई स्तब्ध एवम् मर्माहित तुल्याएको छ । बिज्ञप्तिमा अघि भनिएको छ, घटनाको न्यायीक छानबिन गरि दोषी उपर हदैसम्मको कानुनी कारवाही र मृतक अनिल परियारलाई सहिद घोषणा गर्न नेपाली कांग्रेस चितवन नेपाल सरकारसंँग जोडदार माग गर्दछ ।’ अन्यथा यस घटनाबाट श्रृजना हुने सम्पूर्ण परिस्थितिको जिम्मेवार स्वयं प्रशासन हुने छ विज्ञप्तिमा उल्लेख छ।
परियारलाई शहिद घोषणाको माग गर्दै काङ्ग्रेस चितवनले भन्यो,‘अन्यथा यस घटनाको जिम्मेवार स्वयं प्रशासन हुनेछ ’
परियारलाई शहिद घोषणाको माग गर्दै काङ्ग्रेस चितवनले भन्यो,‘अन्यथा यस घटनाको जिम्मेवार स्वयं प्रशासन हुनेछ ’
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु