चितवन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतदान गरेका छन । उनले भरतपुर महानगरपालिका वडा नम्बर १४ स्थित शान्तिपुरमा रहेको पुलिस स्कुलमा मतदान गरेका हुन । बिहान ७ बजेतिरनै त्यहां रहेको मतदान स्थलको शुभारम्भ उनीबाटनै नै भएको थियो । मतदान पछि प्रतिक्रिया दिंँदै उहांँले गठबन्धनले शतप्रतिशत सफलता हांँसिल गर्ने बताए ।
गठवन्धन जनता र देशका सबै बुद्धिजिविहरु, सबै क्षेत्रका पत्रकार, न्याय क्षेत्रका सबै तह, तप्का र जनताको बिचबाट जन्मिएको उनको भनाई थियो । गठवन्धनको महत्व राजनैतिक स्थायीत्व र भोलिको बिकास र सम्बृद्धिका लागि भएको दाहालले बताए । केही दिन अघि भरतपुरमा भएको एक सभामा मतदातालाई धम्काएको भनि आँफुलाई लागेको आरोपको उनले खण्डन गरे । उहाँले भन्नुभयो “मैले हसिया हथौडामा भोट नहाले रेनुलाई भोट नहाले दुर्घटना हुन्छ भनेको हुंँदै होईन ।” गठबन्धन कमजोर भयो भने देश दुर्घटनामा जान सक्छ मात्रै भनेको हो ।’ गठवन्धन एउटा राजनैतिक दुर्घटना रोक्नका लागि गरिएको भन्दै उहाँले यो कमजोर भयो भने दुर्घटना हुने खतरा छ भनेर उनले प्रष्टाए । आफ्नो निर्वाचन क्षेत्र र गृह जिल्लामा आएर गठवन्धनका पक्षमा मत माग्ने बेलामा धम्क्याउने र घुक्र्याउने हुन सक्छु र रु उनको प्रति प्रश्न थियो । दाहालले भने “जनता संग अपिल गरेको हुँ । जनताको पनि हात छ है भनेको हुँँ ।”
आम नेपालीलाई भयरहित वातावरणमा आत्मविश्वासका साथ स्वतन्त्रता पूर्वक मतदान सहभागी हुन अपिल गर्दै उनले स्थानीय तहनै जनताको विश्वास , समृद्धि , शान्ति र स्थिरताको आधारशिला भएको समेत बताए ।आज भोली आफूले सिंहदरबारको अधिकार गाउंँगाउँमा भन्न छाडेर जनदरबारमा भन्ने गरेको बताए । यो निर्वाचन सफलतापूर्वक सम्पन्न हुने भन्दै उहांँले आफू हुर्की बढेको ठाउंँमा आएर मतदान गर्न पाउंँदा खुशीको अनुभव भएको दाहालको भनाई छ । निर्वाचन प्रकृयामा जित हार स्वभाबिक भएको उनले बताए । जित हार हुनकै लागि निर्वाचन भएको भन्दै उनले जित्मा अनाबश्यक हौसिन र पराजयमा पुरै निरास नहुन सबैलाई अनुरोध गरे ।े “त्यो मानसिकताबाट लोकतन्त्र सुद्रिढ हुन सक्दैन । उनले भने ” बिशेष परिस्थिति भएकाले राष्ट्र राजनैतिक रुपले निकै अफ्ठ्यारोमा जाने खतरा रहेकाले गठवन्धन गरिएको उनले बताए ।
प्रचण्डले मतदान गरेपछि भने, ‘ मैले गठबन्धन कमजोर भयो भने देश दुर्घटना जान सक्छ मात्रै भनेको होे ’
प्रचण्डले मतदान गरेपछि भने, ‘ मैले गठबन्धन कमजोर भयो भने देश दुर्घटना जान सक्छ मात्रै भनेको होे ’
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु