कालिका । स्थानीय निर्वाचनको मतगणनामा कालिका नगरपालिका वडा नम्बर १ को अध्यक्षमा सन्तबीर स्याङ्गतान निर्वाचित भएका छन । उनले ८९६ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका बुद्धि बमजनले ८४३ मत ल्याएका छन । यस्तै सदस्यहरुमा एमालेका सरस्वती खत्री , लक्ष्मी परियार, जीवन लामा, ओमकार खड्का बिजयी भएका छन ।
सो पालिकामा मेयर पदमा गठबन्धनका तर्फबाट नेपाली कांँग्रेसका शिवराम केसी र एमालेको तर्फबाट विनोद रेग्मी तीब्र प्रतिस्पर्धामा छन । यस्तै उपमेयर पदमा एमालेकी उमेद्धवार विमला लामा र माओवादी केन्द्रकी उमेद्धवार सविता लामा प्रत्सिपर्धामा रहेका छन ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु