भरतपुर । गठबन्धनबाट मेयर पदमा उमेद्वार उठेकी रेनु दाहालले हालसम्म आईपुग्दा नेकपा एमालेका मेयर उमेद्वार विजय सुबेदीलाई तीनहजार भन्दा बढी मतले अग्रता लिएकी छिन । अहिले ९ नम्बर वडाको २५४४ मत गणना भएको छ । यहांँसम्म आईपुग्दा रेनु दाहालको १४७६६ र विजय सुबदेलीले ११७६५ मत प्राप्त गरेका छन । ९ नम्बर सम्म जठबन्धनलेनै अग्रता लिने आंकलन गरिएपनि भरतपुरको सबैभन्दा बढी आवासीय, एमालेको प्रभावशाली वडा १०,११, १२ नम्बर वडाहरुमा एमालेको मत परिणामले मात्र मेयर विजेताको भाग्य कोरिने जानकारहरु बताउंँछन तर अघिल्लो स्थानीय चुनावमा यी वडाहरुसम्म आईपुग्दा लगातार ऋणात्मक अंक ल्याएकी रेनुले अहिले लगातार अग्र
ता लिंँदा उनको जित सहज भएको कतिपयको विश्लेषण छ । अझैपनि ९५ हजारको हाराहारीमा भन्दा बढी मत गणना हुन बांँकी रहेकोले कस्को पल्ला भारी हुन्छ त्यो भने हेर्न बांँकी छ ।
भरतपुरमा रेनुको फराकिलो मतान्तर , अबको वडा एमालेको किल्ला , परिणाम के आउला ?
भरतपुरमा रेनुको फराकिलो मतान्तर , अबको वडा एमालेको किल्ला , परिणाम के आउला ?
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु