भरतपुर । स्थानीयतह निर्वाचन अन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर ५ का नवनिर्वाचित जन प्रतिनिधिलाई बधाई तथा शुभकामना व्यक्त गरिएको छ । वडा नम्बर ५ स्थित नारायणी बचत तथा ऋण सहकारी संस्थाले एक औपचारिक कार्यक्रम गरी उनीहरुलाई बधाई तथा शुभकामना दिएको हो । नारायणी साकोसका पुर्व कोषाध्यक्ष ,शेयर सदस्य समन्वय तथा सदस्य वृद्धि उपसमिति संयोजक युवा नेता युद्ध प्रसाद श्रेष्ठलाई वडा अध्यक्षमा निर्वाचित भएको भन्दै बधाई तथा आगामी सफल कार्यकालका लागि संस्थाले शुभकामना दिएको हो ।
यसैगरी संस्थाले संचालक समिति सदस्य विशाल बाबू तिमल्सेना सहित शेयर सदस्यहरु चन्द्रमणि भुषाल, खुल्ला वडा सदस्य, शारदा नेपाली परियार दलित महिला सदस्य मुना तमाङ्ग लामा लगायत निर्वाचितलाई बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दै सम्मान गरेको हो । संस्था का अध्यक्ष केशव वहादुर पौडेलको सभापतित्वमा संम्पन्न सम्मान कार्यक्रमको संचालन हरि कृष्ण अधिकारीले गर्नुभएको थियोे भने जेष्ठ सदस्य हुतराज भुषाल अतिथि रहनुभएको थियोे । कार्यक्रममा संस्थाका संचालक ,सल्लाहकार ,लेखापरीक्षण समिति , उप( समिति , शेयर सदस्य तथा कर्मचारी हरुको सहभागिता रहेको थियोे ।