चितवन । चितवनमा आज दिउसो बाघको आक्रमणमा परेर एकजना महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १३ की फूलकुमारी बोटे रहेकी छिन ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनी दिउसो २ बजे सोही वडाको बाटुली पोखरी सामुदायिक वनमा घांँस काट्न गएको बेला बाघको आक्रमणमा परेकी थिइन् । आक्रमणमा परेको खबर पाउनासाथ नेपाली सेना , नेपाल प्रहरी र राष्ट्रिय निकुञ्जको हात्ती सहितको टोलीले आज अपरान्ह ५ बजे आक्रमण स्थलभन्दा ७०० मिटर पर उनको शव फेला पारेको हो । उनको शवलाई सुरक्षित स्थानमा ल्याई मुचुल्का लगायतको कार्य भईरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु