चितवन । मुग्लिन नारायणगढ सडकखण्ड अन्तर्गत नाग्दी खोला नजिकै सुख्खा पहिरो खस्दा नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आज सांँझ सांँढे पांँच बजे ईच्छाकामना गाउंँपालिका वडा नम्बर ५ स्थित नाग्दी खोला नजिकै सुख्खा पहिरो खस्दा उक्त सडकखण्ड अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मुग्लिङबाट नारायणगढ तर्फ जादै गरेको ग१ख–९९०९ नम्बरको हाईस र सोही दिशाबाट जादै गरेको प्र.–३–०१–०२३च–०५३५ नम्बरको कारलाई माथि बाट सुख्खा पहिरो झरी कार र हाईसमा क्षती पुगेको कार र हाईसको मानिसलाई उद्धार गरिएको छ । हाईस चालक नवलपुर कावासोती नगरपालिका वडा नम्बर ७ को टिकाराम महतोलाई ढुङ्गाले हातमा लागि सामान्य चोट लागेको र अन्ये सबै सकुसल रहेका छन । घटनास्थलमा प्रहरी निरीक्षकको सहितको टोली गएको र घाईतेलाई उपचारको लागि भरतपुर तर्फ पठाईएको प्रहरीले जनाएको छ ।