काठमाडौं । प्रतिनिधि सभाबाट शनिवार आगामी आर्थिक वर्षको लागि संघीय संसदमा प्रस्तुत नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिनुभएपछि सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ पेश गरेका थिए । त्यसपछि प्रतिनिधि सभा बैठकले उक्त प्रस्ताव बहुमतले पारित गरेको हो ।
नीति तथा कार्यक्रम शुक्रवार नै राष्ट्रिय सभाबाट भने बहुमतले पारित भइसकेको छ । दुबै सदनबाट नीति तथा कार्यक्रम बहुमतले पारित भएकाले अब सरकारलाई बजेट प्रस्तुत गर्ने बाटो खुलेको छ । सरकारले जेठ १५ गते आर्थिक वर्ष २०७९ / ०८० का लागि बजेट पेश गर्दैछ ।
यस्तै, जेठ १५ गते संसदको दुबै सदनमा अपरान्ह ४ बजे बजेट पेश हुने पूर्वनिर्धारित कार्यक्रम तय भएको छ। उक्त बैठकका लागि सभामुखले सांसदहरूलाई ३ : ४५ बजे नै उपस्थित हुन अनुरोध गरेका छन्।
प्रतिनिधि सभाको अर्को बैठक आइतवार साँझ ६ बजेसम्मका लागि स्थगित गरिएको छ।