चितवन । चितवनमा भारी परिमाणमा चांँदीका गहना बरामद भएको छ । मंगलबार सांँझ ५ बजे भरतपुर महानगरपालिका वडा नम्बर ११ स्थित भोजाडबाट उक्त परिमाणमा गहना बरामद गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राप्ती नगरपालिका वडा नं. ११ स्थायी ठेगाना भई हाल जिल्ला नवलपरासी ( पूर्व ) गैडाकोट नगरपालिका वडा नं. ५ बस्ने बर्ष २४ को कुमार बि.क.को साथबाट बिना बिलको १७९ तोला २८ लाल हालको मुल्य रु २,२८१९७।– ( दुई लाख अठ्ठाइस हजार एक सय सन्तानब्बे रुपैया ) बराबरको चांँदीका गहना बरामद गरिएको हो ।
प्रहरीले विकले चढ्दै आएको प्र.०३–००२ प ७०६६ नं. को १५० सि.सि. को पल्सर मोटरसाइकल समेत बरामद गरेको छ । सामान सहित उनलाई पनि नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु