चितवन । हालै सम्पन्न स्थानिय तहमा निर्वाचित जनप्रतिनिधिलाई नेपाली काँग्रेस क्षेत्र नम्बर तीनले सम्मान गरेको छ । क्षेत्र नम्बर तीन अन्र्तगत रहेको भरतपुर महानगरपालिका र माडी नगरपालिकामा काँग्रेसबाट निर्वाचित भएकाहरुलाई क्षेत्रिय समितिले सम्मान गरेको हो । पार्वतीपुरमा आयोजित कार्यक्रममा काँग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले उनीहरुलाई सम्मानपत्र प्रदान गरेका थिए । सो अवसरमा बोल्दै डाक्टर महतले काँग्रेस नेताहरुले निर्वाचित जनप्रतिनिधहरुले जनताको मत जित्ने गरी काम गर्न आग्रह गरेका थिए । मुलुकमा काँग्रेसको विकल्प नरहेको भन्दै जनताप्रति समर्पित हुनुपर्ने उनको आग्रह थियो । ।उनले पार्टीको सिद्धान्तमा विचलित नभइ जनतामा समर्पित हुन निर्देशन दिए ।
क्षेत्र नम्बर तीन अन्र्तगत भरतपुर महानगरपालिकाका प्रमुख चित्रशेन अधिकारी र माडी नगरपालिकाका उपप्रमुख खेम महतो सहित १२ जना वडाध्यक्ष र ५३ वडासदस्य सहित क्षेत्र नम्बर तीनमा निर्वाचित ६७ जनालाई सम्मान गरेको हो । क्षेत्र नम्बर तीन अन्र्तगत भरतपुर महानगरपालिकाका प्रमुख चित्रसेन अधिकारी र माडी नगरपालिकाका उपप्रमुख खेम महतो सहित १२ जना वडाध्यक्ष र ५३ वडासदस्य सहित क्षेत्र नम्बर तीनमा निर्वाचित ६७ जनालाई सम्मान गरेको हो । जनप्रतिनिधिलाई जिम्मेवार रहन आग्रह गर्दै क्षेत्र नम्बर तीन अन्र्तगतका बधाई सहित सम्मान गरिएको क्षेत्रिय सभापति लालबहादुर दवाडीले बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिनेश कोईराला , जिल्ला सभापति राजेश्वर खनाल , निवर्तमान जिल्ला सभापति जीतनारायण श्रेष्ठ , बाग्मती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठ , काँग्रेसका बाग्मती प्रदेश सदस्य कैलाश कोईराला , महासमिति सदस्य विजयराज भुषाल , काँग्रेसका क्षेत्र नम्बर १ का सभापति किरणभूषण सिंह ओली , भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रशेन अधिकारी , माडी नगरपालिकाका उपप्रमुख खेम महतो , भरतपुर २१ का सभापति कृष्णकान्त भण्डारी , भरतपुर १४ का वडाध्यक्ष राजेन्द्र साँखी , प्रदेश ती ख का सभापति शोभाखर चापागाँई लगायतले मन्तव्य राखेका थिए ।