चितवन । भरतपुर महानगरपालिकाका उप प्रमुख चित्रसेन अधिकारीले सहकारी नाफामुखी भन्दा पनि सेवामुखी हुनु पर्ने बताउनु भएको छ । सात वटा विभिन्न बचत तथा ऋृण सहकारी सस्थाहरुले आज भरतपुर २१ पार्बतीपुरमा संयुक्त रुपमा आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरुलाइ बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उप प्रमुख अधिकारीले कृषि क्रान्तिको लागी सहकारीको आबश्यकता रहेको बताउनु भयो । उहाँले जनप्रतिनिधिमुखी सहकारी आजको आबश्यकता भएको बताउदै महानगरका सबै वडाहरु जनप्रतिनिधिमुखी हुनेमा कुनै शका नगर्न पनि आग्रह गर्नु भयो । कार्यक्रममा भरतपुर २१ का वडा अध्यक्ष कृष्ण कुमार गुरुङ, भरतपुर १४ का वडा अध्यक्ष राजेन्द्र साखी, प्रेरणा बचत तथा ऋृण सहकारी सस्थाका अध्यक्ष कमल पौडेल, पार्बतिपुर साना किसान महिला सहकारी सस्थाका अध्यक्ष शर्मिला थापा, पच्चशिल कृषि सहकारी सस्थाका अध्यक्ष लेखनाथ लामिछाने,ॐ शिबालय कृषि सहकारी सस्थाका अध्यक्ष दिपक लामिछाने, कैलाश बचत तथा ऋृण सहकारी सस्थाका अध्यक्ष शेसकान्त रेग्मी, प्रयास बचत तथा ऋृण सहकारी सस्थाका अध्यक्ष प्रशान्त रेग्मी, पञ्चज्योती महिला बचत तथा ऋृण सहकारी सस्थाका अध्यक्ष दिब्य शर्मा आचार्य लगायतले बोल्नु भएको थियोे ।