चितवन । सेन्ट्रल कलेजको सहयोग र रुपान्तरण र युवा नामको संस्थाको आयोजना र सक्रियतामा तीन जिल्लाका विद्यालयका विद्यार्थीहरुलाई लागू पदार्थ दुव्र्यसनीविरुद्ध ४० दिने अभियान सुरु गरिने भएको छ ।
चितवन ,नवलपुर, तनहुंँका ८ कक्षा भन्दा माथिका माध्यमिक तहसम्मका विद्यालयहरुमा यस विरुद्ध सचेतना अभियान चलाईन लागेको हो । आज (सोमबार) नारायणगढमा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त अभियान एक साता पछि शुरु गरिने जानकारी दिईएको हो ।
शुरुवाती चरणमा उक्त अभियान चितवनसहित नवलपुर र तनहुँका ४० विद्यालयमा चलाइने संस्थाका अध्यक्ष ईश्वर गैरेले जानकारी दिनुभयो । विद्यालय सञ्चालनको समयमा मात्रै कार्यक्रम गरिने भएकोले दुई महिना समय तोकिएको गैरेले बताउनु भयो । हाल कक्षा ८ देखि माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरेर कार्यक्रम गर्न लागिएको हो ।
यही तहमा अध्ययनरत विद्यार्थीहरु नै बढी मात्रामा लागू पदार्थ दुव्यसनीमा फस्ने जोखिम हुने भएकोले उनीहरुलाई नै लक्षित गरेर कार्यक्रम गर्न लागिएको गैरेको छ । ‘विद्यालय उमेरदेखि नै लागू पदार्थ दुवर््यसनीमा फस्ने गरेको डरलाग्दो तथ्यांक छ । यही समूह नै दुवर््यसनीको सञ्जाल बनिरहेको छ । उनीहरुलाई सचेतना ,उत्प्रेरणा दिन र पूर्ववत अवस्थामा फर्काउने हाम्रो उद्धेश्य हो ं’, उहांँले भन्नुभयो ।
प्रत्येक विद्यालयमा विद्यार्थीलाई दुई घण्टा लागू पदार्थ दुर्व्यसनी र यसले निम्त्याउने घटनाक्रमको बिषयमा व्यानर, श्रव्यदृश्य , परामर्श र सिग्नेचर क्याम्पेन गराइने उहांँले बताउनु भयो । यस्तै
। अभियानका क्रममा दुवर््यसनीमा फसिसकेका प्रयोगकर्ताहरु फेला परे विद्यालय र अभिभावकसँग समन्वय गरिने संस्थाका सचिव जि एस सुबेदीले जानकारी दिनुभयो । यस्तै योगा तथा ध्यानको माध्यमबाट लागू पदार्थ दुव्र्यसनीबाट बच्न सकिन्छ भन्ने बिषयमा पनि विद्यार्थीहरुलाई सचेत गराइने उहांँले बताउनु भयो । ‘अतृप्त खुशी खोज्ने किशोरहरु चाहनालाई लागू पदार्थ दुवर््यसनीमा फस्ने गरेको पाएका छौं । त्यसैले ध्यानलाई केन्द्रबिन्दुमा राखेर कार्यक्रम गर्छौं’, उहांँले भन्नुभयो ।
सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञबिलास पौडेल (वाइबी) ले लागू पदार्थ दुर्व्यसनी अहिले मुख्य चुनौतीको रुपमा रहेकोले संस्थागत सामाजिक उत्तरदायित्व स्वरुप रुपान्तरण र युवासँग सहकार्य गरेर अभियान सुरु गर्न लागिएको बताउनु भयो । विद्यालयमा अध्ययनरत एक जना मात्रै पनि दुर्व्यसनीमा फस्दा विद्यालय हुँदै समाजमा नै फलिने भएकोले यस्तो कार्यक्रम आवश्यक रहेको पौडेलको भनाइ थियो ।
कलेज चितवन लगायत छिमेकी जिल्लाहरुमा व्यवसायिक यात्रासंँगै खेलकुद, तथा सामाजिक कार्यमा सक्रियता देखाउंँदै आएको भन्दै उहांँले विगत केही बर्षदेखि यो अभियानमा जोडिएको बताउनु भयो ।
‘हामीले वैदेशिक शिक्षाको लागि मात्रै नभई सामाजिक कार्यलाई पनि उत्तिकै प्राथमिकता दिंँदै आएका छौं । यो हाम्रो दायित्व पनि हो ।यसले समाजमा सकारात्मक सन्देश पनि जाने विश्वास लिएका छौं ।’ पौडेलले भन्नुभयो ।
यस अभियानले लागू पदार्थ दुवर््यसनी न्यूनिकरण गर्ने र प्रयोगकर्ताहरुलाई पनि यसबाट बाहिर आउन मद्त मिल्ने उहांँको विश्वास छ । यस्तो कार्यक्रम विद्यालयमा प्रभावकारी हुने भएकोले विद्यालयस्तरमा नै गर्न लागिएको उहांँले बताउनु भयो । ‘यो हरेक घर घरको समस्या बन्न पुगेको छ तर घर–घर पुग्न सम्भव छैन । विद्यालयमा नै यस्तो कार्यक्रम प्रभावकारी हुने भएको विद्यालयस्तरमा नै गर्न लागेका हौं, उहांँले भन्नुभयो ।’
यो कार्यक्रमले सरकार तथा सम्बन्धित संघ संस्थालाई पनि झक्झक्याउने विश्वास लिईएको छ । नेपालका सात प्रदेश मध्य बागमतीमा मात्र लागू पदार्थ प्रयोगकर्ता ४५ प्रतिशत रहेको तथ्यांक छ । नेपालमा लागू पदार्थ प्रयोगकर्ताको संख्या वार्षिक पाँच दशमलव ६ प्रतिशतले बढ्ने गरेको तथ्याङ्कले देखाउँछ ।