जेठ २४, चितवन । चितवन लगायत आसपासका सेवाग्राहीलाई लक्षित गरी भरतपुरमा सवारी चालक प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याईने भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ८ स्थित तीनतले चोकमा १५जना युवा उद्यमीको संयुक्त लगानीमा २ विघा ३ कठ्ठा क्षेत्रफलमा महालक्ष्मी ट्रायल सेन्टर प्रशिक्षण केन्द्र सञ्चालनमा आउने भएको हो ।
चितवनमा आगामी ०७९,०८० नयांँ आर्थिक बर्षदेखि चालक सवारी अनुमति वितरण गर्ने प्रक्रिया शुरु भएसंँगै ट्रायल सेन्टर सञ्चालनमा ल्याउन लागिएको हो । ट्रायल सेन्टरको पूर्वाधार र आवश्यक संरचनाको कार्य सम्पन्न भईसकेको र हालसम्म ८ करोड रुपैयांँको हाराहारीमा लगानी भईसकेको सेन्टरका अध्यक्ष डम्बर बहादुर थापाले जानकारी दिनुभयो ।
उहांँका अनुसार ट्रायल सेन्टर असारको पहिलो सातादेखि सञ्चालनमा आउने छ । चौवीसै घण्टा सेवा दिन सक्ने गरी प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइने अध्यक्ष थापाको भनाई छ । प्रशिक्षण केन्द्रमा दुईचक्के सवारी देखि हेभी सवारी साधनसम्मको लागि एकैपटक प्रशिक्षण दिन सकिने व्यवस्था मिलाईएको छ । ‘हामीले चौबीसै घण्टा प्रशिक्षण दिने उद्धेश्य सहितको पूर्वाधार र जनशक्ति तयार पारेका छौं उहांँले भन्नुभयो , एकैदिनमा ३००० जनालाई सेवा दिने क्षमता यो केन्द्रमा रहेको छ ।’
यातायात व्यवस्था विभागको निर्देशिका २०७४ बमोजिम नेपालकै संभवत सूविधा सम्पन्न तथा ठूलो प्रशिक्षण केन्द्र रहेको अर्का लगानीकर्ता तथा आर्किटेक्ट ईञ्जिनियर सुजन नेपालले जानकारी दिनुभयो । उहांँका अनुसार सरकारले प्रशिक्षण केन्द्रलाई छनौटको रुपमा परेको खण्डमा दैनिक १ हजार सम्मले प्रयोगात्मक परीक्षा दिन सक्नेछन । प्रशिक्षण केन्द्रमा प्रशिक्षार्थीको लागि सवारी पार्किङ्ग, खानेपानी, शौचालय, अपांगमैत्री भवन, चमेना गृह र टाढाबाट आउने प्रशिक्षार्थीको लागि आवास सहितको सुविधा रहेको छ ।
हाल प्रशिक्षण केन्द्रमा १५ वटा कार, ५० वटा मोटरसाइकल, २५ जटा स्कुटर रहेका छन र अन्य हेभी सवारी साधन आवश्यकता अनुसार उपलब्ध गराइने नेपालले बताउनुभयो । दक्ष प्रशिक्षक तथा जनशक्ति गरी हाल सयजनाले प्रत्यक्ष रुपमा रोजगारी पाउनेछन ।
यो संँगै सरकारी मापदण्ड अनुसार चितवनमा सञ्चालनमा आउन लागेका अन्य ६ वटा सवारी चालक प्रशिक्षण केन्द्र रहेका छन ।